News Portal

गणतन्त्र फाल्न खोज्ने सामन्ती तत्वहरुको षड्यन्त्र सफल हुन दिदैनौ:- विप्लव सी

जनगर्जन संवाददाता२०८१ चैत्र १५
१६२ पटक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले गणतन्त्र फाल्न खोज्ने सामन्ती तत्वहरुको षड्यन्त्र सफल हुन नदिने बताएका छन्।

शुक्रबार समाजवादी मोर्चाले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले नेपाली जनतालाई सामन्ती व्यवस्थाको कुनै खाँचो नरहेको स्पष्ट पारे। विप्लवले जनताको बलबाट ध्वस्त भइसकेका सामन्ती प्रवृत्तिहरू पुनःस्थापित हुन नसक्ने दाबी गर्दै आफूहरू ती तत्वहरूविरुद्ध निरन्तर संघर्षरत रहने बताए।

‘नेपालमा राजतन्त्र फर्कने कल्पना गर्न पनि सकिन्न,’ उनले भने, ‘ढलेको, ध्वस्त भएको शासन फिर्ता आउन सम्भव छैन। हामी सचेत छौं, जागरूक छौं। केही प्रतिक्रियावादी शक्तिहरू विभिन्न षड्यन्त्रमा लागेको देखिन्छ, तर तिनको सपना पूरा हुँदैन। नेपाली जनताले समाजवादको चाहना राखेका छन्, र हामी त्यसै दिशामा अगाडि बढ्न तयार छौं।’

विप्लवले हाल बजारमा विभिन्न किसिमका हल्ला फैलाइएको भन्दै त्यसप्रति चिन्ता लिन आवश्यक नरहेको बताए। उनले समाजवाद नै देशका लागि सही विकल्प भएको उल्लेख गर्दै आम नेपाली जनतालाई सचेत रहन आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस्