News Portal

नेपाल कम्युनिस्ट पार्टीद्वारा लोकतान्त्रिक गणतन्त्रलाई ‘अस्थायी टहरा’को संज्ञा

जनगर्जन संवाददाता२०८१ चैत्र ९
६४ पटक

 

काठमाडौं — नेपाल कम्युनिस्ट पार्ट (नेकपा) का स्थायी समिति सदस्य विषम सीले हालको लोकतान्त्रिक गणतन्त्रलाई ‘अस्थायी टहरा’को रूपमा चित्रण गरेका छन्। लुम्बिनी प्रदेश – काठमाडौं समाजवादी सम्पर्क मञ्चको प्रथम भेलामा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै उनले स्थायी घरको रूपमा समाजवाद निर्माण गर्न सबैलाई एकजुट भएर संघर्ष गर्नुपर्ने धारणा व्यक्त गरेका हुन्।

विषम सीका अनुसार नेकपाले नेपाली विशेषताको समाजवाद स्थापनाका लागि नयाँ विचार र योजना अघि बढाएको छ। उनले पार्टीले देशको विद्यमान समस्याहरू समाधान गर्न अग्रसरता देखाएको र यथास्थितिमा बस्न नसक्ने स्पष्ट पारे।

कार्यक्रममा नेकपाकी पोलिटब्यूरो सदस्य खुमा सीले वर्तमान परिस्थितिले क्रान्तिको माग गरिरहेको बताइन्। उनले दलाल संसदीय व्यवस्थाले जनताको हित विपरीत काम गरिरहेको आरोप लगाउँदै यसका विरुद्ध संगठित संघर्षको आवश्यकता रहेको बताइन्।

भेलाले अविनास सीको नेतृत्वमा १५ सदस्यीय प्रदेश समिति गठन गरेको छ भने मातहतको जिल्ला समिति पनि निर्माण गरिएको छ। कपुरधारास्थित नेकपा काठमाडौं जिल्ला कार्यालयको सभाहलमा विष्णु सीको अध्यक्षता र अविनास पौडेलको सञ्चालनमा भेला सम्पन्न भएको थियो।



प्रतिकृया दिनुहोस्