News Portal

अखिल नेपाल महिला संघ क्रान्तिकारी भरतपुर महानगरको प्रथम सम्मेलन सम्पन्न, अध्यक्षमा सरस्वती

जनगर्जन संवाददाता२०८१ माघ १२
६९ पटक

भरतपुर । अखिल नेपाल महिला संघ क्रान्तिकारी भरतपुर महानगरको समितिकाे प्रथम जिल्ला सम्मेलन सम्पन्न भएकाे छ । शुक्रबार सम्पन्न सम्मेलनले सरस्वती सीकाे अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

“वैदेशिक हस्तक्षेप र महिला उत्पीडनका विरुद्ध हाम्रो आन्दोलन, आर्थिक आत्मनिर्भरता र समान अधिकारको लागि प्रथम महानगर सम्मेलन” भन्ने मुल नाराका साथ सुरू भएकाे सम्मेलनमा २५० बढी महिलाहरूकाे उपस्थिति रहेकाे थियाे । सम्मेलनकाे प्रमुख अतिथिका रूपमा उपस्थित अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय उपाध्यक्ष धिरिन्द्र सीले सामन्तवादले महिलालाई दास बनाएकाे, दाेस्राे दर्ताकाे नागरिकमा परिणत गरेकाे र दलाल पुँजीवादले महिलालाई वस्तुकरण गदै, शरिर बेचेर खाने ठाउँमा पुर्याएकाे बताइन् ।


सम्मेलनलाई सम्बोधन गर्दै उनले दलाल पुँजीवादले राजनैतिक, आर्थिक, सामाजिक, साँस्कृति, शिक्षा, स्वास्थ्या रोजगारीमा ठूलाे असमानता र शाेषणले अत्याचारकाे मार खेपिरहनुपरेकाे ठाेकुवा गरिन् । उनले नेकपाकाे नेतृत्वमा एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत हुने नेपाली विषेशताको समाजवादमा राजनैतिक, आर्थिक, सामाजिक, साँस्कृति, शिक्षा, स्वास्थ्या रोजगारीमा देखिएको ठूलाे असमानता र शाेषणकाे अन्त्य हुने बताइन् ।

सरस्वती सीकाे अध्यक्षतामा सुरू भएकाे कार्यक्रमकाे संचालन मिना सीले गरेकी थिइन् । कार्यक्रममा नेकपा चितवन जिल्ला इन्चार्ज उत्सव सी, सेक्रेटरी रुद्र सी, सामना साँस्कृतिक परिवारका कमाण्डर आराेह सी, महिलाकाे चितवन जिल्ला इन्चार्ज सिसम सी, नेकपा महानगर इन्चार्ज अजिव सीलगायतले बधाई तथा सुभकामना मन्तब्य राखेका थिए ।

प्रतिकृया दिनुहोस्