News Portal

आज यी प्रदेशहरुमा वर्षा र हिमपातको सम्भावना

जनगर्जन संवाददाता२०८१ पौष २३
१७१ पटक

काठमाडौ । अहिले देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव परिरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

आज बिहान पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहेको छ। पश्चिम तराईका केही स्थानहरूमा भने बाक्लो हुस्सु र कुहिरो लागेको छ ।

मंगलबार दिउँसो गण्डकी, बागमती, कोशी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा मधेस, लुम्बिनी तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।

कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रतिकृया दिनुहोस्