News Portal

  • निर्वाचनबारे अदालतले नेपाल पत्रकार महासंघलाई माग्यो लिखित जवाफ

    जनगर्जन संवाददाता२०८१ आश्विन ८
    ७३ पटक

    काठमाडौँ । सर्वोच्च अदालतले नेपाल पत्रकार महासंघको निर्वाचन तोकिएको समयमा हुन नसक्नुको कारणसहित लिखित जवाफ माग गरेको छ ।

    नेपाल पत्रकार महासंघको निर्वाचनको विषयलाई लिएर परेको रिटमाथि सोमबार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको एकल इजलासले १५ दिनभित्र लिखित जवाफ पेश गर्न पत्रकार महासंघ लाई आदेश गरेको छ ।

    ध्रुवप्रसाद चौलागाईंले पत्रकार महासंघलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदनमा ६ महिनाभित्र निर्वाचन गराउन अन्तरिम आदेशको माग गरिएको छ ।

    रिट निवेदनमा वर्तमान कार्यसमितिले तोकिएको मितिमा निर्वाचन गराउन नसकेपछि अब निर्वाचनलाई वैकल्पिक माध्यमबाट निकास दिनुपर्ने माग समेत गरिएको छ ।

    प्रतिकृया दिनुहोस्