News Portal

  • शिवगढीमा चोरीको बिगबिगी ,कसरी गर्दैछ त प्रहरीले अनुसन्धान?

    जनगर्जन संवाददाता२०८१ आश्विन ७
    ३३० पटक

     

    कपिलवस्तु । कपिलवस्तु ९ शिवराज नगरपालिकामा यतिबेला चोरको बिगबिगी बढिरहेको छ ।

    चाडपर्व नजिकिदै गर्दा यस्ता घटनाहरु धेरै घटिरहेका हुन्छन । चाडपर्वको माहोलमा होहल्ला बढी हुने चाडपर्वलाई बढी धुमधामले मनाउने प्रचलन धेरै छन । खानपिनमा बढी रमाउने हुदा पनि यस्ता घटनाहरु बढी घट्ने गरेका छन ।

    यस्तै घटनाको मुख्य शिकार बनेको छ शिबराज नगरपालिका ९ शिबगढी । यो ईलाकामा अहिले दिनदहाडै चोरीका घटनाहरु घट्ने गरेका छन। यसका लगत्तै यहाँ लागुपदार्थका दुर्ब्यसनिहरु पनि बढेका छन । यस्ता दुर्ब्यसनीले प्राय घटनाहरु घट्ने गर्छन ।

    यसको ज्वलन्त उदारण बनेको छ शिबराज नगरपालिका को बिजगौरी,तुरुन्तपुर,बानियाँभार र रमुवादहका एक दर्जन भन्दा बढी घरहरुमा चोरी भएको छ । रातिको समयमा र खाली घरहरुमा ताला फोरी घरभित्रका सामान, पैसा, लत्ताकपडा, जिमका सामान,भाडाकुडा लगायतका सामन हरु चोरी भएका छन ।

    समाजमा दिनप्रतिदिन यस्ता घटनाहरु घटिरहदा पनि सम्बन्धित निकायको खासै चासो नदेखिएको स्थानीय बासीहरुको गुनासो छ । यी कुरालाई लिएर हेर्दा अहिले स्थानीय निकाय र प्रहरी प्रशासनलाई एक खालको चुनौती बनेको छ । यसका बिषयमा के गरिरहेको छ त स्थानीय निकाय र प्रहरी प्रशासन?

    सानातिना यस्ता घटनाले पछि ठुला घटनाहरु नहोलान भन्न सकिदैन एक स्थानिय भन्छन कुरा बाहिर ल्यायो केही होला भन्ने डर नल्यायो घटनाहरु घटिरहन्छन । अझ यस विषयमा निगरानी नराख्ने हो भने चाडपर्व आउन लागेको छ घटनाहरु दोहिरिरहन्छ ।

    यी घटनाको एक उदारण पात्र हुन नदिराम घर्तीले भने प्रहरी कार्यालयलाई जानकारी गराएको छु अब प्रहरी प्रशासन र स्थानिय निकायले कसरी अनुसन्धान गर्छ ।

    प्रतिकृया दिनुहोस्