News Portal

  • मानव जातिको हित र मुक्तिको लागि लक्ष्य निर्धारण गर्न आवश्यक छ: भरत सी

    जनगर्जन संवाददाता२०८१ आश्विन ४
    ८३ पटक

    बुटवल ।  लुम्बिनी प्रदेश अन्तर्गत रुपन्देहीको बुटवलमा शुक्रबार भएको  एक अन्तर्कृया कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य भरत सीले  मानव जातिको हित र मुक्तिको लागि लक्ष्य निर्धारण  गर्न आवश्यक रहेको बताएका छन ।

    समाज कसरी विकास गर्ने, समाजमा मानव जातिको हक अधिकार कसरी स्थापित गर्ने समाजलाई कसरी खुशी पार्ने त्यो हाम्रो उद्देश्य हो ।यदि हामीले यी कुराहरुलाई मध्य नजर गरेर जानी हो भने मात्र मानव जातिको हित र मुक्ति हुने कुरामा जोड  दिएका छन

    उनले भने,  `जतिबेला अमेरिका शक्तिशाली थियो अमेरिकाले जे भन्यो त्यो मान्ने बेला नेपाली भारतको पछि लाग्यो अहिले अमेरिका ओरालो लागेको बेला नेपाली शासक  अमेरिकी पछाडी  लागेर  एमसिसी  पछि लागेको हो । के यो  मानव जातिको हित र मुक्तिको लागि हो ,के यो नेपाली जनताको लागि न्यायोचित छ`।

    बिज्ञानको विकास -बिचार र आजको अर्थ -राजनितिक विषयक एक अन्तरक्रिया कार्यक्रममा बोल्दै  अहिले विज्ञान र प्रविधिमा भएको तीव्र विकास, नयाँ अर्थ राजनीतिक चरित्रलाई दर्शन र राजनीति बीचको अन्तरसम्बन्धबारे अवधारणा पत्र प्रस्तुत गरेका थिए ।

    अवधारणा पत्र प्रस्तुत गर्दै नेकपा स्थायी समितिका सदस्य भरत सीले मानव जातिको बिकास भनेकै नेपाली समाजबादको बिशेषता हो । अहिले देश पुजीवादले गालेको छ ।पुँजीवादीहरुले फैलाएको ‘विचारधारा अन्त्य’को हल्ला गलत भएको बताउँदै यो विश्वको अग्रगामी रुपान्तरण विरुद्ध परिलक्ष्यित भएको बताएका छन् । उनले आजको विज्ञान प्रविधिको विकास र नयाँ अर्थराजनीतिक चरित्रले दर्शनमा अनिश्चय, सम्भावना, रक्षा र रुपान्तरणको संश्लेषण आवश्यक भएको बताए । उनले विज्ञान प्रविधिको विकासलाई दर्शनमा नयाँ संश्लेषण गरेर मात्रै दुनियाँ बदल्ने सम्भव हुने बताए ।

    अर्का अवधारणा पत्र प्रस्तोता नेकपा केन्द्रीय सदस्य सन्तोष सीले दर्शनशास्त्र र भौतिक विज्ञान एक अर्कामा अन्तरसम्बन्धित भएको भन्दै यसको संयोजनले मात्रै समाज विज्ञान अगाडि बढ्न सक्ने बताए । उनले सत्यको खोजी र यसको निरुपणमा दर्शन र भौतिक विज्ञानको महत्वपूर्ण योगदान हुने बताए ।

    वक्ताहरुले नेपालका राजनीतिक पार्टीहरुमा देखिएको विचारधारात्मक समस्याका कारण देश संकटमा परेको भन्दै कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन माक्र्सवादका तीनवटै संघटक अंगहरुमा विकास जरुरी रहेको बताए

    कार्यक्रममा बोल्दै  नेकपा एमाले केन्द्रिय सदस्य युबराज घिमिरेले र्भौतिक बिज्ञान एक अर्कामा अन्तरसम्बन्धित भएको भन्दै यसको सयोजनले मात्रै समाज बिज्ञान अगाडि बढन सक्ने बताए । उनले सत्यको खोजी र यसको  निरुपणमा दर्शन र भौतिक बिज्ञानको महत्त्वपूर्ण योगदान रहने बताए ।

    नागरिक अधिकारकर्मी पदम कार्कीले संविधान सभाको पछाडी १२ बुदे , १२ बुदेको पछाडी  भारत र अमेरिका लागेको हुँदा  संविधान के हो कसका लागि हो आम नागरिकलेबुख्न सकेका छैनन तसर्थ अबको आधार भनेको समाजवाद रहेको बताएका छन ।

    नेकपा एमाले स्कुल बिभागका नेता युबराज घिमिरेले विचारका आधारमा समाज निर्माण भएको हो तसर्थ हामिले बिचारको निर्माण पदार्थको आधारमा गर्छौ ।हामी त्यही बिचारमा अलमलिएर एकताबद्ध हुन सकेका छैनौ,बिचारकै कारण  कम्युनिस्ट आन्दोलन बिचलित भएको छ । त्यसकारण  हामीले  बिचारको तथ्यबाट सत्य पत्ता लगाएर अगाडी बढ्न आवश्यक छ ।

    कार्यक्रमम एकीकृत समाजवादीका रुद्रलाल उपाध्याय, माओवादी केन्द्रका लेखनाथ भण्डारी, वरिष्ठ माक्र्सवादी साहित्यकार दिल साहनी, बिनहादुर कुँवर, डा. आरसी आचार्य, डा.बालकृष्ण चापागाई, राजनीतिज्ञ जीवलाल पन्थी,  नेकपाले विचारधारात्मक क्षेत्रमा नयाँ प्रस्तावहरु अगाडी सारेको बताउदै आजको विकसित विज्ञान प्रविधि र अर्थ राजनीतिक चरित्रलाई समाज विज्ञानमा नयाँ संश्लेषण आवश्यक भएको बताएका छन । नेपालका राजनीतिक पार्टीहरुमा देखिएको विचारधारात्मक समस्याका कारण देश संकटमा परेको भन्दै कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन माक्र्सवादका तीनवटै संघटक अंगहरुमा विकास जरुरी रहेको बताए ।

    नेकपा केन्द्रीय सदस्य शरद सीको अध्यक्षता,  केन्द्रीय सदस्य विश्वास सीको स्वागत र केन्द्रीय प्रतिनिधि सदस्य एवं रुपन्देही सेक्रेटरी विरेन्द्र सीको सञ्चालनमा बिज्ञानको विकास -बिचार र आजको अर्थ -राजनितिक विषयक कार्यक्रम सम्पन्न भएको छ ।

    प्रतिकृया दिनुहोस्