News Portal

  • परीक्षण उडान गर्दै श्री एयरलाइन्सले भरतपुर-काठमाडौं

    जनगर्जन संवाददाता२०८१ आषाढ ७
    ११३ पटक

    काठमाडौ । डोमेष्टिक उडान श्री एयरलाइन्सले आज काठमाडौं-भरतपुर परीक्षणका लागि उडान भर्ने भएको छ ।

    प्राविधिकहरु सहितको टिमले परीक्षण उडान गर्न लागिएको खबर भरतपुर विमानस्थलका निमित्त प्रमुख दिपक विकले जानकारी दिएका छन । कम्पनीको क्यू ४०० सिरिजको जेठ इन्जिन जहाज भरतपुर आउँदैछ ।

    परीक्षण उडानको औपचारिक रुपमा उद्घाटन गर्न उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि भरतपुर आउँदै छन् । श्रीले केही दिन अगाडि भरतपुरमा उडानका लागि नेपाल नागरिक उड्ययन प्राधिकरणबाट अनुमति मागेको थियो ।

    श्रीको ८० सिट क्षमताको जहाज भरतपुर आउन लागेको हो । अहिले भरतपुरबाट बुद्ध एयरको ४२ सिटे जहाज मात्रै उड्ने गर्दछन् ।

    भरतपुर विमानस्थल प्रमुख विकका अनुसार अहिले ८० सिटको जहाजको उडान परीक्षण हुने र कति यात्रु बोक्छ भन्ने कुरा हेर्न खोजिएको बताए ।

    भरतपुर विमानस्थलको रनवे छोटो भएको कारणले ७२ सिटे एटिआर जहाज आउन सकेका थिएनन् । तर, श्री एयरलाइन्सको जहाज भने छोटो रनवेमा पनि अवतरण गर्न सक्छ ।

    बुद्ध एयरले भरतपुरबाट अर्को वर्षबाट ४२ सिटे जहाज हटाउँदैछ ।श्री एयरलाइन्सले नियमित रुपमा भरतपुरमा उडान भरेमा हवाई भाडा घट्ने विश्वास लिइएको छ ।

    बुद्धले विमान हटाएपछि भरतपुर-काठमाडौं विमान नै नहुने हो कि भन्ने चिन्ता थियो । ठुला जहाज आउन नसकेको भन्दैं भरतपुर विमानस्थलको रनवे विस्तारको प्रक्रिया अगाडि बढाइएको छ ।

    प्रतिकृया दिनुहोस्