माघ २८ कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टी पश्चिम लुम्बिनी ब्युरो अन्तर्गत कपिलवस्तु पश्चिम जिल्ला समितीको प्रथम बैठकले गरेको निर्णय बमोजिम जिल्लाका सबै पार्टी सदस्य कमरेडहरु प्रशिक्षार्थी रहेको प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
प्रशिक्षण कार्यक्रमको अध्यक्षता जिल्ला सचीव कमरेड पाबेल सिले गर्नुभएको थियो भने प्रमुख आतिथ्यता नेकपाका पिबिएम तथा पश्चिम लुम्बिनी ब्यूरो ईन्चाज कमरेड सन्जिव सिले गर्नु भयो साथै नेकपा केन्द्रिय सल्लाहकार समिती सदस्य कमरेड सन्ध्या सि, नेकपा केन्द्रिय सदस्य तथा पश्चिम कपिलवस्तु जिल्ला ईन्चार्ज कमरेड हेमन्त र पार्टीका केन्द्रिय प्रतिनिधि समिती सदस्य कमरेड रुषा सिको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य जिल्ला सदस्य कमरेड दिनेशले राख्नु भयो र पार्टी केन्द्रको सर्कुलर, ९ औं केन्द्रिय समितिको तेस्रो बैठकले पारित गरेको दस्ताबेज र ब्युरोले पारित गरेको ´´केन्द्रिय प्रस्ताव र पश्चिम लुम्बिनी लुम्बिनी ब्यूरोका अभिभाराहरु“ नामक दस्ताबेज, ब्यूरोको सर्कुलर र जिल्लाको सर्कुलर बाचन जिल्ला सदस्य कमरेड संकल्प सिले गर्नुभयो ।