News Portal

उच्चस्तरीय समिति नबनेसम्म रास्वपाको संसद् अवरोध कायमै

जनगर्जन संवाददाता२०८२ आषाढ १५
११८ पटक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद्को अवरोध जारी राख्ने निर्णय गरेको छ। शनिबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले सरकारको भिजिट भिसा प्रकरण छानबिनका लागि बनाइएको समितिलाई अस्वीकार गर्दै आन्दोलन नरोकिने स्पष्ट पारेको हो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका सांसद हरि ढकालले “झारा टार्ने समिति” स्वीकृत नहुने बताएका छन्। “उच्चस्तरीय समिति नबनेसम्म हाम्रो आन्दोलन जारी रहन्छ,” ढकालले भने, “भिजिट भिसाका नाममा गरिएको मानव तस्करी सुल्झाउन नीतिगत तहमा सुधार आवश्यक छ।”

प्रधानमन्त्री आज संसद्मा सम्बोधन गर्ने कार्यक्रम रहेपनि रास्वपाले अवरोध कायम राख्ने जनाएको छ। “प्रधानमन्त्री बोल्नुहुन्छ, हामी पनि आन्दोलनमै रहनेछौं,” ढकालको भनाइ छ।

रास्वपाले भिजिट भिसा दुरुपयोगमार्फत मानव तस्करी भएको दाबी गर्दै विगत केही दिनदेखि सदन अवरुद्ध गर्दै आएको छ।

प्रतिकृया दिनुहोस्