
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा (मसाल) का महासचिव मोहन विक्रम सिंह, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल,नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ बीच आज एक महत्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ।
राजधानी काठमाडौंमा भएको उक्त छलफलमा वर्तमान राजनीतिक परिस्थितिबारे व्यापक छलफल गरिएको र बामपन्थी शक्तिहरूबीच वैचारिक र सांगठनिक धुर्वीकरणको विषयमा गम्भीर छलफल एवं सहकार्यको पहल गरिएको बताईएको छ ।
शक्ति सन्तुलन, राष्ट्रिय स्वाधीनता, आर्थिक र सामाजिक परिवर्तनका मुद्दामा साझा समझदारी विकास गर्ने उद्देश्यसहित बसेको भेटवार्तामा मुलुकको राजनीतिक दिशाबारे समेत चिन्ता व्यक्त गरिएको छ ।
बैठकपछि कुनै औपचारिक वक्तव्य जारी नभए पनि सहभागी नेताहरूले बामपन्थी एकताको विकल्प नभएको र आगामी दिनमा यस्ता संवादलाई निरन्तरता दिइने संकेत गरेका छन्।