सानू दिक्षित२०८२ बैशाख १४

आमा
पहिलो स्वर, पहिलो स्पर्श,
मेरो जीवनको पहिलो रहर — आमा।
न्यानो काखको अटुट संसार,
संसारकै पहिलो स्वर्ग — आमा।
सुनौलो घाम जस्तै उज्यालो,
सन्दली छाँया जस्तै शीतल।
दुख्दा रोइदिने, हाँस्दा हाँस्ने,
मेरो अस्तित्वकी आधार — आमा।
रातभर जागेर कथा सुनाउने,
भोकलाई आफ्नो पेटले भूलेकी।
स्वप्नहरू साँचेर सिन्दूर जस्तै,
मेरो भविष्यमा रंग भर्ने आमा।
थाक्दा थामिदिने हात तिमी,
लड्दा उठाइदिने शक्ति तिमी।
अनन्त सहनशीलताको मूर्ति,
अगाध मायाको स्रोत — आमा।
कसरी चुकाउँछु यो ऋण तिम्रो?
कसरी मापन गरूँ माया तिम्रो?
मेरो हृदयको गहिराइदेखि,
संसारभरि चिच्याएर भन्छु —
“आमा, तिमी नै भगवान् हौं!”
–मातातिर्थ विशेष मेरी उनीमा समर्पित –