News Portal

संविधान र संघीयताको रक्षा गर्न वर्तमान सरकार सक्षम छैनः महेन्द्र राय यादव

जनगर्जन संवाददाता२०८१ चैत्र १५
१२८ पटक

काठमाडौं । समाजवादी पार्टी (नेसपा) का अध्यक्ष एवं पूर्वमन्त्री महेन्द्र राय यादवले वर्तमान सरकार संविधानको रक्षा गर्न असक्षम रहेको बताएका छन्।

शुक्रबार समाजवादी मोर्चाले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै नेता यादवले संघीयता कमजोर बनाउने गतिविधि भइरहेको आरोप लगाए। उनले सरकारका निर्णयहरू संविधान र लोकतान्त्रिक मूल्यविपरीत जान थालेको बताउँदै गणतन्त्र हटाउने प्रयास भए देशमा पुनः द्वन्द्व चर्किन सक्ने चेतावनी दिए।

साथै, उनले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णय अनुचित भएको टिप्पणी गर्दै सरकारले यो निर्णय पुनर्विचार गर्नुपर्ने बताए।

प्रतिकृया दिनुहोस्