News Portal

गणतन्त्रप्रति असन्तुष्टि: राजावादीको एक हप्ते अल्टिमेटम

जनगर्जन संवाददाता२०८१ चैत्र १५
२३७ पटक

काठमाडौं – नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनःस्थापना संयुक्त जनआन्दोलन समितिले गणतन्त्रवादी दलहरूलाई एक हप्ते अल्टिमेटम दिएको छ।

समितिका संयोजक सुवेदीले शान्तिपूर्ण आन्दोलनलाई बेवास्ता गरेमा चैत २१ गतेबाट सशक्त जनआन्दोलन सुरु गर्ने चेतावनी दिएका छन्। साथै, उनले २०४७ सालको संविधानलाई आधार मानेर नयाँ समझदारीमा आउन आग्रह गरेका छन्।

सुवेदीले आन्दोलन शान्तिपूर्ण रहने बताए पनि त्यसपछि उत्पन्न परिस्थितिको जिम्मेवारी गणतन्त्रवादी पक्षले लिनुपर्ने चेतावनी दिएका छन्।

प्रतिकृया दिनुहोस्