
काठमाडौ । गायक तथा अभिनेता प्रकाश सपुतमाथि सामाजिक सन्जालमा जातिय भेदभाव तथा दुर्व्यवहारपूर्ण व्यवाहार भएको छ ।
फागुन १९ गते नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको बारेमा लेखिएको सपना, संघर्ष र संकल्प नामक कृतिको लोर्कापण कार्यक्रममा पुगेका प्रकाश सपुतले प्रधानमन्त्री ओलीले गरेको त्याग, बलिदान र संघर्षको बारेमा उल्लेख गर्दै ओलीको प्रशंसा गरेका थिए ।
सो कार्यक्रममा सपूतले बोलेका कुरालाई लिएर उनीमाथि एमाले बाहेकका विभिन्न राजनीतिक दलका व्यक्तिहरु तथा उच्छ जातका मानिएका व्यक्तिहरुले सामाजिक सञ्जालमा होच्याउने, जातिय विभेद हुनेजस्ता कार्य गरेको पाईएको छ ।
सपुतमाथि भइरहेको दुर्व्यवहारबारे बुधबार बसेको प्रतिनिधि सभा बैठकमा नेकपा एमालेकी सांसद हर्कमाया विश्वकर्माले उक्त कुरालाई उठान गरेकी हुन् । सांसद विश्वकर्माले कोही कसैको प्रशंसा गरेकै आधारमा कुनै व्यक्तिलाई उसको जात, धर्म र लिंगको आधारमा भेदभाव गर्न नपाईने भन्दै त्यस्तो कार्य गर्नेलाई तत्काल कानुन अनुसार कारबाही गर्न माग गरेकी छन् । जातकै आधारमा यस्तो दुर्व्यवहार गरिनु कहाँको नियम हो यस्ता निच काम गर्ने व्यक्तिहरुलाई कानुन अनुसार कारवाही गरिनुपर्ने कुरालाई जोड गरेकी छन् ।