News Portal

कञ्चनपुरमा एसएसपीद्वारा गरिएको भूमि अतिक्रमणप्रति नेकपाद्वारा बिरोध

जनगर्जन संवाददाता२०८१ माघ २२
२४३ पटक

कञ्चनपुर । नेपाल कम्युनिस्ट पार्टीले कञ्चनपुर जिल्लाको
दोधाराचादनी नगरपालिका वडा न. ८ धामी टोलमा भारतीय सिमा सुरक्षा बल (एसएसपी)ले भूमि अतिक्रमण गरेको भन्दै बिरोध जनाएको छ।नेकपा स्थायी समिति सदस्य एवम् सुदुरपश्चिम प्रदेश इन्चार्ज भरत सी `रणबीर´ले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै नेपाली नागरिकको दर्ता जमिन एसएसबी सहितको टोलिले ट्याक्टर लगाइ अतिक्रमण गरेको घटनाले आफूहरुको गम्भीर ध्यानाकर्षण भएको बताएको छ।

प्रदेश इन्चार्ज भारत सीद्वारा हस्ताक्षरित बिज्ञप्तिमा भारतीय अतिक्रमणका बिरुद्ध जनताले गरिरहेको प्रतिरोध आन्दोलन जायज भएको र पार्टी उक्त आन्दोलनको समर्थन गर्दछ भन्दै नेपाली राष्ट्रियता विरुद्ध हुने हर्कतका बिरुद्ध प्रतिरोध संघर्षमा उत्रीन सम्पूर्ण राष्ट्रप्रेमी युवा, बिद्यार्थी र आम जनसमुदायलाई हार्दिक अपिल गर्दछौं- भनिएको छ।

जारी बिज्ञप्तिमा नेपाल सरकार र सम्बन्धित निकायलाई राष्ट्रबिरोधी हर्कत रोक्न र समस्या समाधानका लागि कुटनैतिक पहल गर्न हाम्रो पार्टी हार्दिक अनुरोध गर्दछ भनिएको छ।

त्यस्तै, भारतीय साम्राज्यवादका बिरुद्ध जस्तोसुकै मोर्चाको नेतृत्व गर्न पार्टी तयार रहेको व्यहोरा यसै प्रेस बिज्ञप्ति मार्फत जानकारी गरिन्छ भन्दै कञ्चनपुरमा गरिएको सिमा अतिक्रम तत्काल रोक्न कडा चेतावनी समेत दिइएको छ।

यस्तो छ बिज्ञप्तिको पूर्णपाठ:

प्रतिकृया दिनुहोस्