News Portal

ठमेलको एक घरमा आगलागी,६५ लाख बराबरको क्षति

जनगर्जन संवाददाता२०८१ माघ १९
१४५ पटक

काठमाडौं। काठमाडौ स्थित ब्यस्त अनि पर्यटकीय स्थल ठमेलको एक घरमा आगलागी हुँदा रु ६५ लाख बराबरको धनमाल नष्ट भएको छ ।

काठमाडौँ महानगरपालिका–२६ ठमेलका भविश्वर शर्माको घरको दोश्रो तलामा निजले सञ्चालन गरेको ‘सोना बाथ’मा विद्युत् चुहिँदा आगलागी भएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।

प्रहरीले स्थानीय र दमकलको सहयोगमा आगो निभाएको थियो। आगो लाग्ने बित्तिकै सूचना प्राप्त भएकाले अधिक क्षति नभएको बताइएको छ।

प्रतिकृया दिनुहोस्