News Portal

नेपालको संकटको अग्रगामी निकास निर्विकल्प समाजवाद होः विप्लव सी

वसन्त वि. क.२०८१ माघ १५
६१ पटक

१५ माघ, काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले नेपालको राजनीतिक संकटको अग्रगामी निकास निर्विकल्प नेपाली विशेषताको समाजवाद भएको दाबी गरेका छन ।

समाजवादी मोर्चा नेपालले मंगलवार काठमाडौमा आयोजना गरेको ‘राष्ट्रिय राजनीति र समाजवादी मोर्चाको कार्यभार’ विषयक विचार सभालाई सम्वोधन गर्दै महासचिव विप्लव सीले नेपालको राजनीतिक संकटको अग्रगामी निकास निर्विकल्प नेपाली विशेषताको समाजवाद भएको दाबी गरेका हुन ।

उनले दलाल पुँजीवादको विकल्प समाजवाद भन्दा अर्को कुनै अग्रगामी विकल्प हुन नसक्ने ठोकुवा गरे । ‘दलाल पुँजीवादका विरुद्ध समाजवादको एकमात्र विकल्प हो’ महासचि विप्लवले भने, ‘दलाल पुँजीवादको झटारो बाट देशका युवाहरु तर्सिनु हुदैन । विदेशीनु हुदैन, आफ्नै देशलाई बदल्ने गरी युवाहरु लाग्नुपर्छ, ।’
वर्तमान सरकार नेपाल सरकार जस्तो नभएकोमा आलोचना गदै महासचिव विप्लवले नेपाल सरकार नेपाल र नेपाली जनताको सरकार जस्तो बनोस भन्ने सुझाव दिए ।

उनले नेपालको गणतन्त्र जनताको गणतन्त्र नभएको र यो दलाल पुँजीपतिको गणतन्त्र भएको भन्दै जनताको व्यवस्थाका लागि समाजवादी मार्चा आवश्यक भएको जिकिर गरे । महासचिव विप्लवले आगामी ०८४ युगान्तकारी परिवर्तनमा जाने विश्वास गर्दै प्रतिगामीहरुको षड्यन्त्रमा चुप लागेर नवस्ने चेतावनी दिए । आफूहरु ढुङगामा समेत फुल फुलाउने मान्छे समेत भएको भन्दै महासचिव विप्लवले देशलाई विहानीको लालकिरणतिर लिन समाजवादी मोर्चा सफल हुने विश्वास व्यक्त गरे ।

उनले समाजवादी मोर्चा मार्फत जनताको व्यवस्था ल्याउने अभियानमा आफू लटेर लाग्ने प्रतिबद्धता पनि जनाए ।

प्रतिकृया दिनुहोस्