News Portal

कहाँबाट आयो यस्तो कुरा बीआरआईमा लोन भन्ने शब्दै छैन: परराष्ट्रमन्त्री आरजु राणा

जनगर्जन संवाददाता२०८१ पौष २९
१९९ पटक

काठमाडौं । परराष्ट्र मन्त्री तथा नेपाली काङ्ग्रेसकी नेतृ कडा.आरजु राणाले बीआरआईमा ‘लोन’ भन्ने शब्द नै नरहेको बताएकी छन् ।

‘बीआरआई (हस्ताक्षर) २० हजार चोटि पढेर गरिएको हो । लोन शब्द भन्ने छैन । एड भन्ने छ शब्द छ कहाँबाट कसरी कसले ल्यायो त? यो एड हो, यो ग्रान्ट हो’ राणाले संसदको अन्तर्राष्ट्रिय सम्बन्ध पर्यटन समितिको बैठकमा भनिन् राम्रो संग फेरी अध्ययन गर्नुस एडलाई लोन देख्नेहरुले।

समितिले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण र अमेरिका भ्रमणबारे छलफल गरिरहदा छलफलमा सांसदहरूले बीआरआईबारे समेत चासो राखेका थिए । जवाफमा मन्त्री राणाले बीआरआईमा ‘लोन’ भन्ने शब्द नै नरहेको बताएकी छन ।

पोखरा विमानस्थल बीआरआई अन्तरगत हो कि होइन भन्ने पनि सासदहरुको प्रश्न थियो ,जवाफमा उनले भनिन पोखरा विमानस्थल बीआरआईमा हस्ताक्षर गर्नुभन्दा अगाडि नै अघि बढेको विषय भएकोले यो बिआराआईमा पर्दैन ।

प्रतिकृया दिनुहोस्