News Portal

  • एमसीसी विरुद्धको प्रदर्शनको क्रममा बानेश्वरबाट १२ जना पक्राउ

    जनगर्जन संवाददाता२०८१ भाद्र १८
    ५८ पटक

    काठमाडौ । अमेरिकी परियोजना मिलेनियम कर्पोरेसन च्यालेन्ज(एमसीसी)कार्यान्वयन विरुद्धको प्रदर्शनको क्रममा प्रहरीले काठमाडौको बानेश्वरबाट १२ जना पक्राउ गरेको छ।सोमबार बेलुका ७:३०बजे युवा संगठन नेपालद्वारा आयोजित प्रदर्शनको क्रममा उनीहरुलाई पक्राउ गरिएको नेपाल कम्युनिस्ट पार्टीका काठमाडौ सेक्रेटरी चिरन सीले जानकारी दिएका छ्न।

    पक्राउ पर्नेहरूमामा युवा संगठन नेपालका सचिब अनिल सी, सचिवालय सदस्य जीवन , केन्द्रीय सदस्य तथा ललितपुर इन्चार्ज कैलाश सी, जिल्ला सदस्य बिराज सी रहेका छन।

    यसैगरी अखिल समाजवादी सम्बद्द विद्यार्थी नेताहरु कपिल सी, ललि जङ्ग सि,प्रेम सी ,निगम सी, आदेश सीलाई समेत प्रहरीले पक्राउ गरेको छ।

    प्रदर्शनको क्रममा मजदुर संगठनका दिपक सी लालबहादुर सी र अखिल नेपाल महिला संघ क्रान्तिकारी महासचिव राजकुमारी सीलाई समेत पक्राउ गरिएको जानकारी दिइएको छ।
    प्रदर्शनकारीहरुले अमेरिकी साम्राज्य मुर्दावाद,रास्ट्रीय स्वाधीनताको रक्षा गरौं, वैदेशिक हस्तक्षेप मुर्दावाद भन्दै मशाल जुलुस समेत गरेका थिए।

    प्रतिकृया दिनुहोस्