News Portal

  • फौजी मोर्चाका कमिसार विप्लव र कमाण्डर पासाङ बिच भेटवार्ता, माओवादी एकतामा जोड

    वसन्त वि. क.२०८१ भाद्र १०
    २१० पटक

    काठमाडौ । महाज जनयुद्धको बेला युद्ध मोर्चामासंगै लड्न गईरहने दुईजना जनयुद्धका हस्ति कमिसार विप्लव सी र कमाण्डर पासाङ बिच भेटवार्ता भएको छ ।

    नेपाल कम्युनिष्ट पार्टीको महासचिव रहेका विप्लव सीको निवास हरिसिद्धकी ललितपुर स्थिति निवासमा दुई जनयुद्धका हस्ति कमिसार विप्लव र कमाण्डर पासाङ बिच सोमवार भेटवार्ता भएको नेकपाको केन्द्रीय कार्यालयले सार्वजनिक गरेको छ ।

    नेकपाका महासचिव विप्लव र पूर्व जनमुक्ति सेनाका कमाण्डर तथा पूर्व उपराष्ट्रपति समेत रहेका पासाङ बिचको भेटवार्ता सम्भवतः माओवादी पार्टी विभाजन पछिको पहिलो भेटवार्ता होला । यो भेटवार्ता माओवादीहरुको एकताका लागि निकै महत्वपूर्ण रहेको छ ।

    तत्कालिन नेकपा माओवादी पार्टी एउटै हुदा विप्लव पार्टीका स्थायी समिति सदस्य थिए भने पासाङ जनमुक्ति सेनाको डिपुटी कमाण्डर तथा पार्टीको पोलिट व्यूरो सदस्य थिए ।

    प्रायः संगै खाने,संगै सुत्ने र संगै लडाईमा जाने यि दुई नेताको विशेषता थियो । जनयुद्धमा विचार र भावनात्मक सम्वन्धका हिसावले पनि यी दुवै नेता धेरै नजिक थिए ।

    दुवै नेताको घर गृह जिल्लाको हिसावले पनि रोल्पा नै थियो जसले गर्दा पनि अझै नजिक हुने नै भयो ।

    जनयुद्धको वेला धेरैजसो रेट,आक्रमण र भिडन्तहरुमा कमिसारको रुपमा विप्लव र फौजी कमाण्डरको रुपमा पासाङलले नेतृत्व गरेका हुन्थे ।

    तत्कालिन नेकपा (माओवादी) शान्ति प्रक्रियामा आएपछि राजनीति विचार र नीतिमा केही अन्तर पर्दा २०६९ सालमा पहिलो पटक मोहन वैद्यको नेतृत्वमा माओवादी पार्टी विभाजन भयो ।त्यो विभाजनमा विप्लवको पनि मुख्य भूमिका थियो । वैद्य र विप्लवले २०६८ साल फागुनमा जनमुक्ति सेनाको समायोजन अपमानजनक रुपमा समायोजन भएको भन्दै नेतृत्वको चर्को विरोध गरे ।

    यो विरोधमा जनमुक्ति सेनाका कमाण्डर पासाङ भने पार्टी अध्यक्षको लाईनमा उभिए । यसवाट कमिसार विप्लव र कमाण्डर पासाङ बिच विचार र भावनात्मक सम्वन्ध टाढा हुन पुग्यो । विप्लवले सेना समायोजनको विषय भने कहिल्यै पनि सकरात्मक रुपमा लिएनन् ।
    सेना समायोजनको बेला जबर्जस्त नेपाली सेना पठाएर जनमुक्ति सेनाको कव्जा नगरेको भए र पार्र्टीमा एउटै मतसहित सेना समायोजनको काम गरेको भए सम्भवतःमाओवादी पार्टी विभाजन नै हुने थिएन एक माओवादी नेता भन्छन ।

    विप्लवले पार्टी नेतृत्वले सेनालाई आत्मसमर्पण गर्न लगाएको जस्ता फरक विचार राखेर पार्टी विभाजन भएपछि विप्लव र पासाङको भेटपनि त्यसयता हुन सकेको थिएन । प्रचण्डले नेतृत्व गरेको माओवादी केन्द्रवाट पासाङ उपराष्ट्रपति समेत निर्वाचित भए । त्यो बेला यी दुई नेताहरु बिच भेटवार्ता हुने कुनै सम्भावना पनि थिएन ।

    विप्लव वैद्यवाट पनि अलग भएर नेकपा गठन गरी एकीकृत जनक्रान्तिमा थिए । सरकारले भने यस एकीकृत जनक्रान्तिमाथि प्रतिवन्ध लगाएकाले पनि यिनी जनयुद्धका दुई हस्ति कमिसार र कमाण्डर बिचको भेटहुने अझै सम्भावना थिएन ।

    जनयुद्धका कमिसार एकातिर र कमाण्डर अर्कोतिर हुदा माओवादी आन्दोलनले समेत सफलता लिन नसकेको पछिल्लो समयमा माओवादी नेताहरुमा समिक्षा हुन थाल्यो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादीहरु एकता विना माओवादीको उद्देश्य पुरा नहुने भन्दै एकताको लागि जोड दिएका छन । विप्लवले पनि पार्टीमा नै औपचारिक एकताको निर्णय गरेका छन ।

    माओवादी वामपन्थीहरुको एकताको वहस भईरहका बेला युद्धका दुई कमिसार विप्लव र कमाण्डर पासाङको पनि भेटवार्ता वस्तुगत परिस्थितिको आवश्यकता बन्न गएको नेकपाको केन्द्रीय कार्यालयले जनाएको छ ।

    यो भेटवार्तामा दुबै नेता तथा जनयुद्धका कमिसार र कमाण्डरले विगत जनयुद्धका बेलासंगै लडेका युद्ध मोर्चाहरुलाई समेत स्मरण गरेका छन ।
    उनीहरुले जनयुद्धको समयमा संगै गरेको जनताको मुक्तिको वाचा पुरा नभएको स्मरण पनि गरे ।

    उनीहरुले जनताको मुक्तिको मुद्धा आंसिक पुरा भएपनि पूर्ण रुपमा पुरा नभएको निश्कर्ष निकाल्दै समाजवादी व्यवस्थामा पुग्नु पर्ने र त्यसका लागि माओवादीहरु एकताबद्ध हुनुपर्ने सहमति गरेका छन । जनयुद्धका यी दुई हस्तिहरुको यो भेटवार्ता माओवादी आन्दोलन भित्रका सवै सदस्यहरुलाई एउटा नयाँ उर्जाको विषय बनेको छ । साँच्ची कै जनयुयुद्धका कमिसार विप्लव र कमाण्डर पासाङहरुले माओवादी आन्दोलनको रुपान्तरण सहितको पूनर्गठन गरे समाजवादी व्यवस्था कुनै टाढा नहुने अनुमान गर्न सकिन्छ ।

    प्रतिकृया दिनुहोस्