News Portal

  • समाजवादी मोर्चा नेपाल, आवद्ध ४ युवा संगठनको बैठक सम्पन्न

    विष्णु विश्वकर्मा२०८१ साउन २४
    ३४७ पटक

    काठमाडौ । समाजवादी मोर्चा नेपाल आवद्ध युवा संगठन हरुको वैठक आज अनामनगरमा समपन्न भएको छ ।

    आज काठमाडौको अनामनगरमा वसेको प्रारम्भिक वैठकले आगामी युवा आन्दोलन, भ्रष्टाचार र विकृती विरुद्ध आवाज उठाउने र त्यसका विरुद्ध लाग्ने महत्वपूर्ण निर्णय गरेको युवा संगठन नेपालका अध्यक्ष दिनेश सीले बताएका छन ।

    आजको बैठकले पहिलो चरणमा समाजवादी मोर्चा नेपाल मा आवद्ध पार्टीका शिर्ष नेताहरुलाई भेटघाट गरी काठमाडौमा बृहत् अन्तर्कृया कार्यक्रम पनि गर्ने बताएका छन ।

    आजको प्रारम्भिक बैठकमा योङ कम्युनिस्ट लिगका अध्यक्ष सुवोध सेर्पाईली, राष्ट्रिय युवा संघका संयोजक कृष्ण बि.क. र युवा संगठन नेपालका अध्यक्ष दिनेश सीको विशेष सहभागीता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्