News Portal

  • बाह्य हस्तक्षेप र सत्ताको आन्तरिक संकटले देशमा अस्थिरता: रणवीर सी

    जनगर्जन २०८१ साउन २२
    १०० पटक

    काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम् सुदुरपश्चिम प्रदेश इन्चार्ज भरत सी `रणबीर´ले नेपालमा निरन्तर भैरहेको वैदेशिक हस्तक्षेप र विद्यमान सत्ताको आन्तरिक संकटका कारण मुलुकमा राजनीतिक अस्थिरताको समस्या देखिएको बताएका छन । साउन १८ र १९ गते कपिलवस्तुमा सम्पन्न नेपाल कम्युनिस्ट पार्टी स्थायी समितिको बैठकले पछिल्लो विकसित परिस्थिति र राजनीति घटनाक्रमबारे गरेका निर्णयबारे सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत स्टाटस लेख्दै नेता रणबीरले हालै भएको सरकार परिवर्तनमा समेत आन्तरिक र वाह्य कारण रहेको उल्लेख गरेका हुन् ।

    नेपालमा एमसीसी पारित भैसकेपछि अमेरिकी सैन्य बिमानहरु समेत पटकपटक आवागमन भैरहेको भन्दै उनले देशको प्रमुख अन्तरबिरोध भुमण्डलीकृत अमेरिकी साम्राज्यवादको नेपाल माथीको उत्पीडन हो भन्ने नेकपाको विश्लेषण सहि साबित भएको दाबी गरेका छन।

    नेता रणबीरले फेसबुकमा लेखेको स्टाटसमा देशमा देखिएको आर्थिक- राजनीतिक संकटको समाधान सरकार परिवर्तन गरेर नहुने बरु बिदेशी हस्तक्षेपबाट देशलाई बचाउन र पुरानो सत्ताको विकल्पमा नयाँ सत्तासंरचना निर्माणका लागि सबै माओवादी- कम्युनिस्ट,समाजवादी, देशभक्त र लोकतान्त्रिक गणतन्त्रवादी शक्तिहरु नीहित स्वार्थ भन्दा माथी उठेर एक हुन आवश्यक रहेको समेत बताएका छन् ।

    त्यस्तै, उनले देशको संकट समाधानका लागि कम्युनिस्ट पार्टीहरुको ध्रुवीकरण गर्दै जाने,आत्मनिर्भर उत्पादनका लागि र एमसीसी विरुद्ध राष्ट्रिय स्वाधीनताको संर्घष अगाडि बढाउने एवम् सुकुम्बासी, लघुबित्त र मिटरब्याज पीडितको पक्षमा संर्घष सञ्चालन गर्ने नेपाल कम्युनिस्ट पार्टीले निर्णय गरेको जानकारी दिएका छन।

    भ्रष्टाचार र बेरोजगारी विरुद्धको संर्घष गर्ने, नेपाली विशेषताको समाजवाद निर्माण र प्राप्तिको संर्घष गर्ने ,समाजवादी मोर्चालाई व्यवस्थित र प्रभावकारी बनाउन संर्घष गर्ने र निश्चित पुजिपति वर्गको वर्चस्व चाहनेहरुले नेपालमा दुई दलिय प्रणालीको कुरा गरेकोले त्यसबिरुद्द संघर्ष सञ्चालन गर्ने निर्णय गरेको कुरा समेत स्थायी समिति सदस्य रणबीरले उल्लेख गरेका छन।

    यस्तो छ नेकपा नेता रणबीरको स्ट्याटस:
    नेकपा स्थायी समितिको बैठक सम्पन्न भएको छ- जसले दिएका केहि विचारहरु-
    1) देशको पछिल्लो परिवर्तित राजनीतिक स्थिति- वैदेशिक हस्तक्षेप र दलाल पुजीवादी सत्ता संकटको परिणाम हो । त्यसैले यसको सही समाधान सरकार हैन व्यवस्था परिवर्तन हो ।
    2) वैदेशिक हस्तक्षेपको नेतृत्व अमेरिका- ठोस रूपमा एमसीसी- ले गरिरहदा ( पछिल्ला केहि दिनमा नेपालमा अमेरिकी सैन्य विमानहरु आएको चर्चा छ ) प्रधान अन्तरविरोध बारे पार्टीको विश्लेषण सही साबित भएको छ ।
    3) आन्तरिक र बाह्य कारण बढ्दै गएको वैदेशिक हस्तक्षेप र सत्ता संकटको एकीकृत समाधान गर्न सबै माओवादी- कम्युनिस्ट,समाजवादी, देशभक्त र लोकतान्त्रिक गणतन्त्रवादी शक्तिहरु सत्ता स्वार्थ भन्दा माथी उठेर एक हुन आवश्यक छ ।
    4) समस्या तथा संकटको एकीकृत समाधानका लागि एकीकृत पहल तथा संर्घष आवश्यक छ जो निम्न छन ।
    क. कम्युनिस्ट पार्टी सुदृढीकरण- ध्रुवीकरणको संर्घष ।
    ख. आत्मनिर्भर उत्पादनको संर्घष ।
    ग. एमसीसी विरुद्ध राष्ट्रिय स्वाधीनताको संर्घष ।
    घ.सुकुम्बासी, लघुबित्त र मिटर ब्याज पीडितको पक्षमा संर्घष ।
    ङ .भ्रष्टाचार र बेरोजगारी विरुद्धको संर्घष ।
    च. नेपाली विशेषताको समाजवाद निर्माण र प्राप्तिको संर्घष ।
    छ. समाजवादी मोर्चाको संर्घष ।
    5) नेपालमा दुई दलीय प्रणाली ( 2 party system ) को परिकल्पनाकार तथा पक्षधर भनेका 2 दलमा पनि निश्चित पुजिपतिको वर्चस्व चाहानेहरु हुन जसले सारत: दलाल पुजिपती वर्गको प्रतिनिधित्व गर्छन त्यसैले ती देश र जनताका बिरोधि हुन र तीनका विरुद्ध पनि संर्घष आवश्यक छ ।
    नोट :- अमेरिकी साम्राज्यवाद- दलाल पुजीवाद र नेपाली श्रमिक जनता बीच प्रधान अन्तरविरोध रहेको पार्टीले पहिले नै विश्लेषण गरेको थियो जो पछिल्ला घटनाक्रमले प्रष्ट गर्दै गएका छन ।

    प्रतिकृया दिनुहोस्