News Portal

राईड सेयरिङको बिरोध गर्दै पोखरामा यातायात ठप्प

जनगर्जन २०८१ साउन १३
२३७ पटक

पोखरा । कास्कीको पोखरामा यातायात व्यवसायीहरुले राइड सेयरिङको विरोध गर्दै गण्डकी प्रदेशमा सार्वजनिक यातायातका साधनहरु ठप्प पारेका छन् ।

गण्डकी प्रदेश सरकारले रातो नम्बर प्लेटका सवारी साधनले पनि यात्रु ओसार्न पाउने कार्यविधि ल्याएपछी उक्त कार्यविधीको विरोधमा यातायात व्यवसायीहरुले आज प्रदेशभर सार्वजनिक सवारी साधन ठप्प पारेका हुन् ।

यस अघि पनि व्यवसायीहरुले कार्यविधि नल्याउन गत बिहीबार ४८ घन्टे अल्टिमेटम दिएका थिए । त्यसको भोलिपल्ट उनीहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री राजिव गुरुङ (दीपक मनाङे)लाई भेटेर ध्यानाकर्षण समेत गराएका थिए । आफना मागहरु पूरा नगरेको कारण उनिहरुले आज सवारी साधन ठप्प पारेका हुन ।

प्रतिकृया दिनुहोस्