News Portal

  • समाजवादी मोर्चाद्वारा कार्यदल गठन

    शेर बहादुर विश्वकर्मा२०८१ साउन १
    १६१ पटक

    काठमाडौँ । समाजवादी मोर्चा नेपालले १५ दिनभित्र समीक्षात्मक राजनीतिक दस्ताबेज पेस गर्न कार्यदल बनाएको छ । पछिल्ला राजनीतिक घटनाक्रमको समीक्षा गरी १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी कार्यदल गठन गरिएको समाजवादी मोर्चाका सदस्य एवम् नेकपा प्रवक्ता ‘प्रकाण्ड’ सी ले जानकारी दिए ।

    मंगलबार बसेको मोर्चाको बैठकले महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीलाई मोर्चामा सहभागी गराउने निर्णय समेत गरेको छ।

    प्रवक्ता प्रकाण्डले सञ्चारकर्मीहरुसङ्ग प्रतिक्रिया दिदै उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र मोहन विक्रम सिंहको मसाललगायतलाई पनि मोर्चामा आबद्ध गराउन पहल गर्ने निर्णय भएको जानकारी दिए । प्रगतिशील शक्ति र कम्युनिस्टहरूसँग छलफल गर्दै मोर्चामा आबद्ध गराउने आफूहरूको योजना रहेको उनको भनाइ छ । 

    नेकपा एकीकृत (समाजवादी)को कार्यालयमा बसेको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेकपाका महासचिव विप्लव लगायतको सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्