News Portal

आलोकनगरमा बस्दै समाजवादी मोर्चाको बैठक

विष्णु विश्वकर्मा२०८१ साउन १
२७६ पटक

काठमाडौ । समाजवादी मोर्चाको बैठक नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा सुरू भएको छ । नयाँ सरकार गठन भएसँगै समाजवादी मोर्चाका नेताहरू आज विशेष छलफलमा जुटेका छन् ।

बैठकमा आगामी दिनमा मिलेर जाने साझा धारणा बनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेकपाका महासचिव विप्लव, नेसपाका अध्यक्ष महिन्द्र राय यादवसहितका नेताहरू छलफलमा जुटेका छन ।

एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने जनाइएको छ ।

प्रचण्ड नेतृत्वको सरकार शुक्रबार ढलेर ओलीको नेतृत्वमा आइतबार नयाँ सरकार गठन भएको छ ।

प्रतिकृया दिनुहोस्