News Portal

  • ताला लगाउन पुगेकी ढकाल आफै परिन प्रहरी खोरमा

    जनगर्जन आईतवार ,असार २३,२०८१
    २३३ पटक

    काठमाडौ । नेपालका सुप्रसिद्द हास्य व्यङ्ग्य कलाकार मनोज गजुरेलको घरमा ताला लगाउन पुगेकी मीना ढकाल आफै पक्राउ परेकी छन्।

    आइतबार बिहान भक्तपुरको बालकोटस्थित गजुरेलको घरमा ताला लगाउन पुगेकी मिना ढकाललाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजन कार्कीले जानकारी दिएका छन।

    उनकाअनुसार घरमा ताला लगाउन भन्दै ढकाल पुगेकी थिइन्। जुनबेला मनोज गजुरेल घरमा नभएको र गजुरेलकी ८५ वर्षीय आमा मात्र घरमा रहेको र उनले आमालाई हातपात गरेको हुदा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। यद्यपि उनीविरूद्ध प्रहरीले साइबर अपराधसम्बन्धी कसुरमा अनुसन्‍धान थालेको र साइबर अपराधमा मुद्दा  चलाउने कुरा डिएसपी कार्कीले बताए।

    ‘तीन/चार दिनअघि उहाँविरूद्ध साइबर अपराधमा जाहेरी आएको थियो,’ उनले भने, ‘आज बिहान उहाँ घर पुग्नुभएपछि पक्राउ पर्नुभयो। हामीले साइबर अपराधमा अनुसन्धान थालेका छौं।’

    गजुरेल र ढकालबीच एक करोड पच्चीस लाखमा 2 वर्ष अघि नै सम्बन्धबिच्छेद भइसकेको छ।

    प्रतिकृया दिनुहोस्