News Portal

  • प्रधानमन्त्रीको राजिनामा आउदैन:-रेखा शर्मा

    जनगर्जन बिहिवार ,असार २०,२०८१
    २५५ पटक

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा नदिई सदनमा विश्वासको मत फेस गर्ने भएका छन् ।

    बिहीबारको मन्त्रिपरिषद् बैठकपश्चात् सञ्चारकर्मीहरूसँग कुरा गर्दै सञ्चारमन्त्री रेखा शर्माले सो कुराको जानकारी दिएकी छन । उनले प्रधानमन्त्रीबाट राजीनामा नआउने कुरा बताइन् ।

    “संविधान र कानुनमा भएका व्यवस्थाअनुसार अघि बढ्छौँ । संसद्‌मा विश्वासको मतको सामना हुन्छ । कुन दिन गछौँ थाहा छैन । तर चाँडै गर्छौँ । राजीनामा दिँदैनौँ,” उनले भनिन् ।

    प्रतिकृया दिनुहोस्