News Portal

  • एमाले र काङ्ग्रेसको तरंगले रास्वपाको सचिवालय बैठक बस्दै

    जनगर्जन
    ९९ पटक

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बस्दैछ । बैठक केहीबेरमा संसदीय दलको कार्यालयमा बस्ने भएको छ ।

    बैठकमा बदलिंदो राजनीतिक परिस्थितिबारे छलफल हुने रास्वपाले जनाएको छ । कांग्रेस र एमाले बीच सरकार गठबन्धन गरि पालैपालो सरकार चलाउने समझदारी गरेपछि रास्वपा आन्तरिक छलफलमा जुटेको हो ।

    कांग्रेस र एमालेले सोमबार मध्यरात आलोपालो सरकारको नेतृत्व गर्ने लगायत विषयमा समझदारी गरेका छन् । यद्यपि समझदारी पत्र सार्वजनिक भने भएको छैन ।

    प्रतिकृया दिनुहोस्