News Portal

  • अखिल “समाजवादी” ले परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई कार्यालय प्रवेशमा रोक

    परिक्षा नियन्त्रण कार्यालयबाट उत्तरपुस्तिका हराएको घटनामा प्रत्यक्ष संलग्न पुष्पराज जोशीसहित ७ जनालाई कारवाहीको माग सहित कार्यालय प्रवेशमा रोक लगाईएको समाजवादीका अध्यक्ष नरेन्द्र सीले बताए ।

    जनगर्जन संवाददाता२०८१ आषाढ ११
    ५९ पटक

    काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (समाजवादी) ले त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रकलगायतका पदाधिकारीलाई सोमबारदेखि कार्यालय प्रवेशमा रोक लगाएको छ । परिक्षा नियन्त्रण कार्यालयबाट उत्तरपुस्तिका हराएको घटनामा प्रत्यक्ष संलग्न पुष्पराज जोशीसहित ७ जनालाई कारवाहीको माग सहित कार्यालय प्रवेशमा रोक लगाईएको समाजवादीका अध्यक्ष नरेन्द्र सीले बताए ।

    स्नातक तहका ५ सयभन्दा बढी विद्यार्थीको उत्तरपुस्तिका कार्यालयबाटै हराएको विषयमा छानबिन गर्न त्रिवि कार्यकारी परिषद्ले पूर्वरजिस्ट्रार चन्द्रमणि पौडेलको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो ।
    समितिले परीक्षा नियन्त्रक जोशी, सहनियन्त्रक सुरेशजंग शाही र पवन बराललाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ । छानबिन समिति स्रोतका अनुसार उनीहरू ३ जनालाई पदबाट हटाउनसमेत सुझाव दिइएको छ ।

    परीक्षा नियन्त्रण कार्यालयका प्रशासन प्रमुख, सहप्रशासक भोजराज भट्ट र गोप्य शाखाका कर्मचारी उपप्रशासक निलम पोखरेललाई विभागीय कारबाही गर्न सिफारिस गरिएको थियो‌। उनीहरूले पदीय जिम्मेवारीअनुसार कर्तव्य पूरा नगरेको भन्दै परीक्षा नियन्त्रण कार्यालयबाट हटाउन प्रतिवेदनमा भनिएको छ ।

    उत्तरपुस्तिका हराएको घटनामा बदमासी गरेको भन्दै गोप्य शाखाका शाखा अधिकृत शम्भु दाहाल र नायब सुब्बा दीपक पाण्डेलाई पनि कारबाही सिफारिस गरिएको छ । उनीहरूको लापरबाहीका कारण नतिजा प्रकाशन गर्न बाँकी उत्तरपुस्तिका नतिजा प्रकाशन भइसकेका उत्तरपुस्तिकासँगै नष्ट गर्न पठाइएको छानबिन समितिले औंल्याएको छ ।

    कार्यक्रममा मुख्य दोषी र संलग्न कर्मचारीहरुलाई कालोमोसो दलेर सार्वजनिक गर्ने तयारीका साथ परिक्षा नियन्त्रण कार्यालयमा प्रवेश गरेको समाजवादीको नेतृत्व दोषीहरु कार्यालयबाट भागेको भन्ने तथाहा पाएपछि कार्यालयमा बिभिन्न नारा अंकित ब्यानरसहित ७ जना दोषीको नाम नै किटान गरि धर्ना बसेको थियो। कार्यक्रममा अखिल समाजवादीका अध्यक्ष नरेन्द्र सी, उपाध्यक्ष ललित सी, महासचिव प्रकाश सी लगाएत सयौं विद्यार्थीहरुको सहभागीता रहेको थियो । कार्यक्रमलाई उपाध्यक्ष ललित सी, अध्यक्ष नरेन्द्र सी लगायतले सम्बोधन गरेका थिए ।

    प्रतिकृया दिनुहोस्