News Portal

  • पहिलोपटक काठमाडौंमा आँप महोत्सव आयोजना गर्ने

    जनगर्जन संवाददाता२०८१ आषाढ ७
    ९० पटक

    काठमाडौं ।”नेपाली उत्पादनलाई समर्थन गरौं, ताजा र स्वादिलो आँपको आनन्द उठाऔं” फेस्टको नारा सहित नेपालमा पहिलो पटक आप महोत्सव लाग्ने भएको छ ।

    प्रथम नेपाल आँप फेस्ट-२०८१ शुक्रबारदेखि काठमाडौंमा हुन लागेको छ । किसान भेञ्चर र काठमाडौं अर्गानिक्सको संयुक्त आयोजनामा आँप फेस्ट आइतबारसम्म चल्ने आयोजक श्रोतले जनाएको छ ।

    नेपाली किसानलाई प्रोत्साहित गर्नु, नेपालमै उत्पादन भएको नेपाली आँपको प्रचलन बढाउनु र उपभोक्तालाई विषादीरहित स्वास्थ्य आँपको पहुँच पुर्‍याउनु फेस्टको उद्देश्य रहेको आयोजकले जनाएको छ । सर्लाही, सप्तरी र सिराहाका ५० जना भन्दा बढी किसानबाट आँप ल्याएर फेस्ट आयोजना गर्न लागिएको हो ।

    फेस्टमा प्राकृतिक रूपमा विषादीरहित पाकेका वा पकाइएका मालदह , बमोइ, गुलाब खास, अम्रपाली, दसहरी लगायत १५ भेराइटीका आँपहरू उपलब्ध हुनेछन् ।

    फेस्टको उद्घाटन पानीपोखरी स्थित वालनट बिस्ट्रोमा हुनेछ भने काठमाडौं अर्गानिक्स, उत्पला क्याफे र द गार्डेनमा आँप र आँपबाट बनेका विभिन्न उत्पादनहरू प्रदर्शनी एवं बिक्रीमा राखिने छ । तीनदिने फेस्टमा तीन हजार बढी अवलोकनकर्ताबाट २५ हजारदेखि ३० हजार किलो आँप बिक्री गर्ने लक्ष्य राखिएको आयोजक समितिले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्