News Portal

  • रोष्ट्रमममै च्यातिदिए भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका

    जनगर्जन संवाददाता२०८१ आषाढ ५
    ९८ पटक

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभाको रोष्ट्रमममै भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका च्यातिदिएका छ्न ।

    आज बसेको प्रतिनिधि सभा बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिँदै गर्दा उनले बजेट पुस्तिका च्यातेका हुन् ।

    उनले भने, ‘सामान्यतया म आफूलाई हेर्दा कम आक्रोश पोख्ने, कम रिसाउन मान्छे हो । रिस उठ्छ कहिलेकाहीँ तर एकछिनपछि सेलाउने र मन बुझाउने ठान्छु । तर, जब भौतिक पूर्वाधार मन्त्रालयको बजेटको पुस्तिका हातमा पर्‍यो त्यो दिनदेखि म यसरी तातिएको छु कि यसरी च्यातेर हुर्‍याउने मन छ । तर, यो संसदीय मर्यादा विपरीत हुन्छ भनेर कहाँ हुर्‍याउनुपर्ने त्यहाँ नहुर्‍याएर यहाँ (पोडियम) राख्छु मैले’, ।

    आफुलाई भौतिक पूर्वाधार मन्त्रालयको बजेटको पुस्तिका चित्त नबुझेको कारण यसो गरेको उनी बताउछन ।

    प्रतिकृया दिनुहोस्