News Portal

पहिरोको कारण अवरुद्ध नौबिसे – मुग्लिङ सडक खुल्यो

जनगर्जन संवाददाता२०८१ आषाढ ४
१९० पटक

काठमाडौं । चितवनको इच्छाकामन गाउपालिका अन्तरगत नौबिसे-मुग्लिन सडक पहिरो गएपछि अवरुद्ध भएको अहिले सञ्चालनमा आएको छ ।

आइतबार राति वर्षासँगै आएको पहिरोले पृथ्वी राजमार्गको मुग्लिङ-नौबिसे सडक खण्ड अवरुद्ध भएको थियो ।

रातिदेखिको प्रयासमा सडकमा खसेको लेदो हटाएर दुईतर्फी सडक सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय मुग्लिङकी प्रमुख निरला भण्डारीले जानकारी दिइन् ।

इच्छाकामना-३ फिस्लिङ र मौवाखोलाको बीचमा पहिरो खसेको थियो । पहिरो गएलगत्तै रातिदेखि नै लेदो पन्छाउने काम सुरु गरिएको थियो ।

सडक सञ्चालन भएपश्चात सवारी साधन गन्तव्यमा लागेका छन् । तर, राति तीन बजेदेखि नै सवारी आवागमन अवरुद्ध भएकोले सडकमा लामो जाम लागेको छ ।

प्रतिकृया दिनुहोस्