News Portal

  • कम्युनिस्ट पार्टीलाई श्रमिक हरुको पार्टी बनाउनुपर्छ : विप्लव सी

    विष्णु विश्वकर्मा२०८१ आषाढ २
    १०१ पटक

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले कम्युनिस्ट पार्टी लाई श्रमिकहरुको पार्टी बनाउने  बताएका छन् । शनिबार जनश्रम कृषि सहकारी संस्था लिमिटेडले आयोजना गरेको ‘कृषिमा लगानी र एकीकृत स्वामित्व प्रणाली’ विषय अन्तर संवादमा बोल्दै विप्लवले यस्तो बताएका हुन् ।

    उनले अहिलेको अबस्थामा  मानिसहरुलाई मालिक मात्र बन्ने चाहना वा चेतनाका कारण उत्पादन क्षेत्रमा वा कृषि क्षेत्रमा कमै मान्छेहरु लाग्ने गरेको बताएका छन ।नेपालमा मध्यम वर्गीय  भनेको नै श्रमिक हुन,  श्रमिकले नै काम गर्नुपर्दछ भन्ने आम मानिसको चेतनाले अहिले कृषि क्षेत्र लाई श्रमिकको क्षेत्र  भन्ने गरेका छन । अहिले पार्टीको उत्पादन नीतिले गर्दा देशभर एकखालको लहर आएको बताउँदै कुनैपनि पार्टी अतिरिक्त मुल्यको आसमा बस्न नहुनेमा जोड दिएका छन ।

    पार्टीले उत्पादनका कामहरु श्रम सहकारी मार्फत गरिरहेको जानकारी दिदै विप्लवले सहकारीलाई कुनैपनि हालतमा घाटामा जान नदिने बताए ।अहिलेको देशको परिवेश हेरेर  “मलाई धेरै साथीहरुले  सहकारीमा नजोडिन आग्रह गरेका छन  । अहिले भइरहेको सहकारीको ठगी प्रकरण तथा बदनामीका कारण पनि उनिहरुको सुझाव आएको होला” ।  उनले भने, अहिले म सहकारीको संरक्षक छु । सुभचिन्तकहरुले दिएको  सुझाव ठिकै हो अहिलेको देशको माहोल नै त्यस्तै छ जसले करोड बाट मानिसहरुलाई रोडमा ल्याएको छ । उनले यहि कुरामा जोड दिदै भन्छन हामी ठगी बदनाम भएका सहकारी जस्तो होइनौ । हामी सहकारीको माध्यमबाट हामिले गरेको  उत्पादनलाई बजारीकरण र व्यवसायीकरण गर्न खोजेका छौं । हामिले उत्पादन गरेको चिज  विक्री भै त्यहाबाट आएको मुनाफा हाम्रा किसान तथा श्रमजीवी  श्रमिकले पाउनुपर्छ भन्ने हो ढुक्क छौ  हामी यसमा अवस्य सफल हुनेछौ ।

    एकीकृत स्वामित्व को धारमा टेकेर  सामूहिक स्वामित्वको वैज्ञानिक अर्थप्रणाली लाई  प्रयोगमा ल्याएको बताउँदै उद्योगी व्यवसायीलाई पनि सहकारी मार्फत हाम्रो  सहकार्यमा जोडिन महासचिव  विप्लवले अपिल गरेका छन  ।

    जसले जे जति योग्यता हासिल गरेको भए पनि आ–आफ्नो ठाउँमा श्रम गर्नु आवश्यक छ । श्रम नगर्ने हो भने त्यसले परनिर्भरता ल्याउँदो रैछ भन्ने अनुभूति भएको विप्लवले बताएका छन् । विज्ञ भए पनि आफ्नो क्षेत्रमा गरे पनि सबैले श्रम गर्ने कुरा संगठनमा लागु गर्नुपर्दछ ।’
    कम्युनिस्ट पार्टीलाई श्रमिकको पार्टीका रुपमा रुपान्तरण गर्नुपर्छ । पार्टीको नेता कार्यकर्तालाई उत्पादक शक्तिमा रुपान्तरण गरेका छौं । उनले भने, ‘हामिले हाम्रो कृषि क्षेत्रमा  नेतादेखि कार्यकर्तासम्मलाई अनिवार्य रुपमा श्रममा जोडेका छौ  । बैद्धिक, कर्मचारी, अरु केही पेशा वा क्षेत्रमा क्षमतावान भएपनि हामीले श्रम गर्नुपर्ने अनिवार्य नियम बनाएका छौं । यो नियम मा जोडिन हामी तपाईंहरुलाई पनि आग्रह गर्दछौ । आउनुहोस हाम्रो यो सहकार्यमा  हामी सहकारीलाई  कदापी डुब्न दिदैनौं ।’

    कार्यक्रममा काठमाडौं विश्वविद्यालयका उपकुलपति भोला थापा, मध्यपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति नन्दबहादुर सिंह, सुदुरश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति कर्णबहादुर थापा लगायत विभिन्न शैक्षिक संस्थाहरु तथा सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

    अखिल समाजवादीको समन्वयमा भएको कार्यक्रमको अध्यक्षता जनश्रम सहकारीका अध्यक्ष सन्देश सीले गरेका थिए भने संचालन अखिल समाजवादीमा अध्यक्ष नरेन्द्र सीले गरेका थिए । कार्यक्रममा उपस्थित सबैलाई स्वागत सहकारीका प्रवन्धक सुशील सीले गरेका थिए भने कार्यक्रम को अवधारणा पत्रमा  जनश्रम सहकारीका अध्यक्ष सन्देश सी प्रष्ट पारेका थिए ।

     

    प्रतिकृया दिनुहोस्