News Portal

  • टिकापुरका सुकुम्वासीहरुको आन्दोलनमा युवा विद्यार्थीहरुको ऐक्यवद्धता

    वसन्त बि क२०८१ जेठ २६
    १०० पटक

    काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठन नेपाल र अखिल (समाजवादी)ले टिकापुरका सुकुम्वासीहरुको आन्दोलनमा आफ्नो संगठनको ऐक्यबद्धता रहेको घोषणा गरेका छन ।
    डेलिकेसनमा काठमाडौ पुगेका टिकापुरका सुकुम्वासीहरुले शनिवार रिपोर्टस क्लवमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा निकट युवा विद्यार्थी संगठनले टिकापुरका सुकुम्वासीहरुको समस्या समाधानमा सात दिन तयार रहेको भन्दै आन्दोलनमा ऐक्यबद्धताको घोषणा गरेका हुन ।
    युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष दिनेश सीले दलाल राज्यसत्ता र दलाल न्यायलय भएकाले जनताको अधिकार स्थापित नभएको बताए । उनले टिकापुरमा सयौ विगाह जमिन दलालहरुले कव्जा गरी खाएको कुरा कोट्याउदै वास नभएका सुकुम्वासीहरुलाई उठाउन खोज्नु जनविरोधी कदम भएको बताए ।
    उनले जनताको वास उठाउन खोज्ने दलालहरुलाई होसियार हुन चेतावनी दिदै भने ‘तपाईहरुको आन्दोलनमा हाम्रो ऐक्यबद्धता छ, म पनि त्यहीको नागरिक हौं, कुनै पनि हालतमा लामो समयदेखि बसेका वासीन्दाहरुले जमिन पाउनु पर्छ, स्थानीय सरकारलाई पनि जनतामाथि दमन गर्ने सपना नदेख्न चुनौती दिन चाहान्छु ।’
    उनले नेपालको अदालत पनि जनताको नभएको र यो विदेशीहरुको हितमा नाँच्ने गरेको टिप्पणी गरे ।
    कार्यक्रममा अखिल (समाजवादी) का केन्द्रीय अध्यक्ष नरेन्द्र सीले नेपालका करिब १५ लाख सुकुम्वासीहरु रहेको बताउदै देशभरका सुकुम्वासी सहित टिकापुरका १५ हजार सुकुम्वासीको समस्या समाधानमा अखिल (समाजवादी) साथमा रहेको बताए ।
    उनले नेपालको संविधानले नै एकपटक भूमिहिन दलितहरुलाई राज्यले जमिन दिने कुरा गरेको भएपनि कार्यान्वयन नहुनु दुख भएको बताए ।
    अहिले भूमी आयोगलाई काम गर्न नदिएर सरकारले जनताका विरुद्धको निर्णय गरेको टिप्पणी गरे ।
    सो क्रममा नेकपा एमाले निकट भूमी अधिकार तथा श्रमिक संगठन नेपालका केन्द्रीय महासचिव इन्द्रबहादुर तामाङ्गले हरेक नेपाली जनतालाई आवास दिनु राज्यको दायित्व भएको बताए ।
    उनले बर्षौ बर्ष सम्म भोगचलन गरेको जमिनको लालपूर्जा राज्यले तुरुन्त दिनुपर्ने माग गरे । उनले सुकुम्वासीहरुको लालपूर्जा पाउनुपर्ने आन्दोलनमा आफ्रनो संगठनको साथ रहने पनि प्रतिबद्धता जनाएका छन । पत्रकार सम्मेलन पूर्ण खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    प्रतिकृया दिनुहोस्