News Portal

धनगढीको लागि उडान भरेको श्री एयरलाइन्सको जहाज धावनमार्गबाटै फर्काइयो

२०८१ जेठ २०
२०४ पटक

काठमाडौं / काठमाडौंबाट धनगढी उडान भरेको श्री एयरलाइन्सको जहाज धावनमार्ग नजिकैबाट पुन: पार्किङमा फर्काइएको छ ।

त्रिभुवन विमानस्थल कर्मचारी स्रोतका अनुसार एसएचए २२१ उडान नम्बरको ९ एनएएनएस जहाज धावनमार्ग फर्काइएको हो । जहाजभित्र इन्धनको गन्ध आएको र प्राविधिक परिक्षणका लागि जहाज फिर्ता बोलाइएको स्रोतले जनाएको छ ।

विमानस्थलको तालिका अनुसार जहाज काठमाडौं बाट ८:२५ मा उडिसक्नु पर्ने थियो

प्रतिकृया दिनुहोस्