News Portal

  • केन्द्रीय समिति बैठकका निर्णयहरु सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै नेकपा

    जनगर्जन संवाददाता२०८१ बैशाख १६
    ८८ पटक

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीले भर्झरै सम्पन्न केन्द्रीय समिति बैठकका निर्णयहरु सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्ने भएकाे छ । आगामी वैशाख १८ गते प्रज्ञा भवन कमलादीमा बैठकका निर्णयहरु सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्ने भएकाे हाे ।
    नेकपा केन्द्रीय कार्यालय कपिलवस्तुमा वैशाख ५ गतेदेखि ९ बजेसम्म चलेकाे नवाैं केन्द्रीय समितिकाे पाँचाै पूर्ण बैठकका निर्णयहरु सार्वजनिक गर्न पत्रकार सम्मेलनकाे आयाेजना गरिएकाे नेकपा स्थायी समिति सदस्य अनिल सीले बताए ।
    बैठकले विभिन्न ऐतिहासिक निर्णय गरेकाले पत्रकार सम्मेलन महत्वपूर्ण भएकाे उनकाे भनाई छ । नेकपा केन्द्रीय कार्यालयले उक्त पत्रकार सम्मेलनमा सम्पूर्ण पत्रकारलाई उपस्थितिका अनुराेध गरेकाे छ ।

    प्रतिकृया दिनुहोस्