News Portal

महामन्त्री पदमा पुनर्बहालीको माग गर्दै मुकुल ढकालको रिटमाथि सर्वोच्चमा सुनुवाइ सुरु

जनगर्जन संवाददाता२०८२ आषाढ १२
२३ पटक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री मुकुल ढकालले आफूलाई पुनः महामन्त्री पदमा फर्काउन माग गर्दै दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ ।

न्यायाधीश कुमार रेग्मीको इजलासमा आजदेखि भएको सुनुवाइमा ढकालले रास्वपाका सभापति रवि लामिछाने, महामन्त्री कवीन्द्र बुर्लाकोटी र प्रवक्ता मनीष झालाई विपक्षी बनाएर रिट दायर गरेका थिए । उनले हिजो (बुधबार) मात्रै सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका हुन् ।

ढकालले उत्प्रेषणको आदेशमार्फत आफूलाई रास्वपाका महामन्त्रीको जिम्मेवारी पुनः दिलाउन माग गरेका छन् । पार्टीले यसअघि उनलाई निष्कासन गरेपछि महामन्त्रीको जिम्मेवारी कवीन्द्र बुर्लाकोटीले र प्रवक्ताको जिम्मेवारी मनीष झाले सम्हालेका छन् । यद्यपि, पार्टीको उक्त निर्णय अझै निर्वाचन आयोगले अद्यावधिक नगरेको भन्दै रास्वपाको नेतृत्व पंक्ति अन्योलमा परेको छ ।

अदालतको यो प्रक्रियालाई राजनीतिक वृत्तले चासोपूर्वक हेरिरहेको छ ।

प्रतिकृया दिनुहोस्