News Portal

एमालेले डा. विन्दा पाण्डे र उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा

जनगर्जन संवाददाता२०८२ आषाढ ११
२२ पटक

काठमाडौं । नेकपा (एमाले) ले स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनामाथिको निलम्बन फुकुवा गरेको छ। बुधबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले उनीहरूको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो।

बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिँदै पार्टीले आन्तरिक विषयमा उठेका असहमतिहरूलाई संवादमार्फत समाधान गर्ने प्रक्रिया अघि बढाएको बताए।

भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङबाट १० रोपनी जग्गा पार्टी कार्यालय निर्माणका लागि चन्दा लिने निर्णयको विरोधमा डा. पाण्डे र तिम्सिनाले सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाएका थिए। त्यसैलाई पार्टी अनुशासन विपरीतको गतिविधि ठहर गर्दै उनीहरूलाई गत वर्ष ६ महिनाका लागि निलम्बन गरिएको थियो।

निलम्बन अवधि पूरा भएसँगै सचिवालय बैठकले दुवै नेतृलाई पुनः पार्टी जिम्मेवारीमा फर्काउने निर्णय गरेको हो। पार्टीले आन्तरिक एकता मजबुत पार्न र नेताहरूबीच संवादलाई प्राथमिकता दिने संकेत दिएको छ।

प्रतिकृया दिनुहोस्