News Portal

रास्वपा सांसदहरू कालो पोशाक र निलो रिबनसहित संसद भवनमा प्रवेश

जनगर्जन संवाददाता२०८२ आषाढ ६
१७ पटक

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग आजको संसद बैठकमा प्रश्नोत्तर कार्यक्रम तय भएको दिन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू विशेष पहिरनमा संसद भवन पुगेका छन्।

रास्वपाका पुरुष सांसदहरूले कालो कोट, कालो पाइन्ट र निलो रिबन लगाएर संसद भवन प्रवेश गरेका छन्। महिलासांसदहरूले भने कालो कोटसहित कालो मिश्रित सारी पहरेका छन्। उनीहरूको यो पहिरनलाई प्रतीकात्मक विरोधको रूपमा हेरिएको छ, यद्यपि पार्टीको तर्फबाट औपचारिक व्याख्या भने दिइएको छैन।

आजको संसद बैठकमा प्रधानमन्त्री ओलीसँग सांसदहरूले विभिन्न राष्ट्रिय मुद्दामा प्रश्न गर्ने कार्यक्रम तय भएको छ। रास्वपाले पहिरनमार्फत सरकारप्रति असन्तुष्टि जनाउने संकेत दिएको अनुमान गरिँदैछ।

पछिल्लो समय रास्वपा विभिन्न विषयमा सक्रिय प्रतिपक्षको भूमिकामा देखिएको छ, र संसदमा निरन्तर रूपले आक्रामक शैलीमा प्रश्न उठाउँदै आएको छ।

प्रतिकृया दिनुहोस्