News Portal

कुलमान घिसिङको बर्खास्तीको विरोधमा संसद अवरुद्ध, बैठक स्थगित

जनगर्जन संवाददाता२०८१ चैत्र १३
१९५ पटक

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीको विरोधमा विपक्षी दलहरूले संसद अवरुद्ध गरेपछि प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीबाट स्पष्टीकरण माग गर्दै विपक्षी सांसदहरूले संसद बैठक चल्न नदिने चेतावनी दिएका थिए। बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र)का उपमहासचिव शक्ति बस्नेतले सरकारको निर्णय फिर्ता हुनुपर्ने माग गर्दै प्रधानमन्त्रीले तत्काल संसदमा जवाफ दिनुपर्ने बताए।

“हामी चाहन्छौं, सरकारले कुलमान घिसिङलाई हटाउने निर्णय फिर्ता गरोस्। साथै, प्रधानमन्त्रीले संसदमा आएर यसबारे स्पष्ट जवाफ दिनुपर्छ। जबसम्म प्रधानमन्त्रीको जवाफ आउँदैन, बैठक अगाडि बढ्न सक्दैन,” बस्नेतले भने।

विपक्षीको अवरोध कायमै रहेपछि सभामुख देवराज घिमिरेले बैठक ३० मिनेटका लागि स्थगित गरेका छन्। बैठक पुनः सुरु भएपछि राजनीतिक दलहरूको अडान कस्तो रहनेछ भन्ने विषय चासोको केन्द्र बनेको छ।

प्रतिकृया दिनुहोस्