News Portal

कर्मचारीले,तलब नपाए टुकुचामा गाड्ने चेतावनी दिए मेयर बालेनले

जनगर्जन संवाददाता२०८१ चैत्र ११
१३५ पटक

११ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्ना सरसफाइ कर्मचारीले तलब नपाए कडा कदम चाल्ने चेतावनी दिएका छन्।

शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत उनले सरकारको अडानका कारण महानगरका सरसफाइ कर्मचारीले तीन महिनादेखि तलब नपाएको बताएका छन्।

‘सरकारको दम्भले हाम्रो कर्मचारीले तलब पाएका छैनन्। अब एक हप्ताभित्र तलब नआए कडा निर्णय लिन्छु,’ उनले चेतावनी दिएका छन्।

उनले दलका नेताहरूलाई संकेत गर्दै ‘त्यसपछि हेरौं तिमीहरूको तन्त्र,’ भनेर आक्रोश पोखेका छन्।

प्रतिकृया दिनुहोस्