News Portal

यौन व्यवसायलाई व्यवसायीकरण गर्ने प्रस्तावबाट व्याक भए कांग्रेस नेता घिमिरे, संसदमा मागे माफी

जनगर्जन संवाददाता२०८१ चैत्र ६
५८ पटक

काठमाडौ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले यौन व्यवसायलाई वैधानिकता दिने आफ्नो पूर्वप्रस्तावबाट पछि हट्दै संसद्मा माफी मागेका छन्। चैत ३ गतेको प्रतिनिधिसभा बैठकमा घिमिरेले नेपालको आर्थिक विकास र पर्यटन प्रवर्द्धनका लागि यौन व्यवसायलाई कानुनी मान्यता दिनुपर्ने धारणा राखेका थिए।

उनको यो अभिव्यक्तिप्रति सर्वत्र आलोचना भएपछि मंगलबार बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठकमा समेत यो विषय उठेको थियो। बैठकमा नेताहरूले घिमिरेको अभिव्यक्तिले पार्टीलाई नकारात्मक असर पारेको भन्दै उनलाई संसदमै माफी माग्न सुझाव दिएका थिए।

यसपछि, बुधबारको प्रतिनिधिसभा बैठकमा घिमिरेले आफ्नो अभिव्यक्ति व्यक्तिगत धारणा भएको र त्यसले नकारात्मक प्रभाव पारेको भए क्षमायाचना गरे। उनले भने, “यी विचारले सम्मानित संसद्का सदस्यहरू र अन्य जनसमुदायमा समेत केही नकारात्मक प्रभाव परेको भए म उहाँहरूको सम्मान गर्दै क्षमायाचना गर्न चाहन्छु।”

प्रतिकृया दिनुहोस्