News Portal

समाजवादी मोर्चा नेपालले चैत २ गते अन्तरक्रिया कार्यक्रम र पत्रकार सम्मेलन गर्ने

जनगर्जन संवाददाता२०८१ चैत १
६१ पटक

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र नेपाल समाजवादी पार्टी सम्मिलित समाजवादी मोर्चा नेपालले प्रतिगामी हर्कतलाई असफल बनाउन बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रियाका साथै विरोध सभा र प्रदर्शन गर्ने निर्णय गरेको गरेको छ ।

आज बिहान नेकपाको (एकीकृत समाजवादी) केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रियाका गर्नुका साथै हजारौं जनता सडकमा उतारेर प्रतिगामी हर्कतको विरुद्धमा विरोध सभा र प्रदर्शन गर्ने निर्णय गरेको हो ।

मोर्चाको बैठकको निर्णय सार्वजनिक गर्दै नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सीले, ‘पछिल्लो परिस्थितिको समीक्षा गरेका छौँ । विषय धेरै गम्भीर छ । परिस्थिति एकपछि अर्को जटिल बन्दै गएको छ । जटिल बनाउने कसरतहरू भइरहेका छन् । कार्यक्रमको बारेमा केही सोचेका छौँ, केही भनेका पनि छौँ । कार्यक्रमलाई भोलि अघि बढाउने र भोलि बिहान ११ बजेबाट बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया गर्ने , दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गर्ने र त्यसको व्यवस्थापकीय पक्षका बारेमा निर्णय लिइएको छ । १५ गतेको वृहत् विरोध प्रदर्शनलाई भव्य बनाउने र हजारौँ जनताको सहभागिता सुनिश्चित गर्ने निर्णय भएको छ ।’

प्रवक्ता प्रकाण्ड सीका अनुसार मोर्चाको बैठकले भोलि बिहान ११ बजेदेखि बुद्धिजीवी र नागरिक समाजसँग कुपण्डोलस्थित होटल हिमालयन अन्तरक्रिया गर्ने र सोहि स्थानमा दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गर्ने निर्णय गरेको छ ।

नेता प्रकाण्ड सीका अनुसार मोर्चाको बैठकले संसदवादी दल र संसदीय राजनीतिभन्दा बाहिर रहेका दलहरुसँग पनि छलफल बढाउने, भेटघाट र वार्तालाई अगाडि बढाउने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस्