News Portal

जेलमा राख्नुपर्ने मान्छेलाई नागार्जुन दरबारमा राख्दिएको त आफ्नो औकात नै बिर्से:- सन्चार्करकर्मी गुरुङ

जनगर्जन संवाददाता२०८१ फाल्गुण २३
१६५ पटक

काठमाडौ । नेकपा एमालेका पार्टी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पूर्वराजा ज्ञानेन्द्रले आफ्नो औकात बिर्सेको आरोप लगाएका छन् । मन्त्रिपरिषद्को बैठकका निर्णय सार्बजनिक गर्ने कार्यक्रममा बोल्दै एमालेका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पूर्वराजा ज्ञानेन्द्रले आफ्नो औकात बिर्सेको आरोप लगाएका छन् ।

मन्त्रिपरिषद्को बैठकका निर्णय सार्बजनिक गर्ने कार्यक्रममा बोल्दै मन्त्री गुरुङले राजतन्त्र पल्टिएपछि राजा जेलमा हुनुपर्नेमा नागार्जुन दरबारमा राखिदिएको बताउदै पूर्वराजा ज्ञानेन्द्रले आफ्नो औकात बिर्सेको बताएका हुन् ।

जनतालाई शोषण गरेको राजतन्त्र उल्टिएपछि उनीहरु सबै जेलमा बस्नुपर्ने हो, उनीहरुको सम्पत्ति जफत गर्नुपर्ने हो, तर हामीले उनलाई सुरक्षाको प्रबन्ध गरेर नागार्जुन दरबारमा राखेका छौ, आज उनैले यो व्यवस्थाप्रति कटाक्ष गर्दै, म फेरी फर्कन्छु भनेर जुन हर्कत गरेका छन, त्यो उसले आफ्नो औकात बिर्सेर भनेका हुन, हामीले गरेको उदार प्रबन्ध उनले बिर्सेको हुन ।

प्रतिकृया दिनुहोस्