News Portal

संसद सचिवालयले निलम्बन गरेको पत्रकारको पास फिर्ता गरियोस :- हरी ढकाल

जनगर्जन संवाददाता२०८१ फाल्गुण २१
१३१ पटक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले संसद् सचिवालयले पत्रकारलाई प्रवेश गर्ने पासमा लगाएको निलम्बन फुकुवाको माग गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरूलाई प्रश्न गर्दा गलत शब्द प्रयोग गरेको भन्दै पत्रकारद्वय प्रकाश वली र किशोरकुमार श्रेष्ठको संसद् प्रवेश पास निलम्बन गरेको थियो ।

त्यसबारे प्रश्न उठाउँदै रास्वपा सांसद ढकालले दल र सरकारको एकलौटी दबाबमा रहेर पास खोसिएको बताएका छन ।

उनले भने,‘आज संसद् सचिवालयले दुई जना पत्रकारको पास खोसिएछ । दल, सरकारको प्रभाव दबाबमा रहेर जसरी पास खोसिएको छ । आज नै ती पत्रकारहरूको पास फिर्ता गरियोस्,’। संसद् सचिवालयले पत्रकारलाई रिर्पोटिङका लागि प्रवेश पास उपलब्ध गराउने गर्दछ । सोही प्रवेश पास महासचिवस्तरीय निर्णयबाट निलम्बन गरिएको हो ।

प्रतिकृया दिनुहोस्