
काठमाडौं । संघीय संसद सचिवालयले दुई जना पत्रकारलाई संसद भवन प्रवेश पास निलम्बन गरेको छ ।
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र जनताले चुनिआएका सांसदहरूलाई प्रश्न गर्दा गलत शब्द प्रयोग गरेको भन्दै उनीहरूले प्राप्त गरेका संसदभवन प्रवेश पास निलम्बन गरिएको हो ।
महासचिव स्तरीय निर्णयबाट पत्रकारहरु प्रकाश वली र किशोरकुमार श्रेष्ठको संसद प्रवेश पास निलम्बन गरिएको हो ।
संसद सचिवालयले पत्रकारलाई रिर्पोटिङका लागि प्रवेश पास उपलब्ध गराउने गर्दछ । सोही प्रवेश पास महासचिव स्तरीय निर्णयबाट निलम्बन गरिएको हो ।
संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार एक महिनालाई संसद प्रवेश पास निलम्बन गरिएको छ । ‘पत्रकार आचारसंहिता, कार्यविधि र पालन गर्नुपर्ने नियमहरु छन् । यसको उल्लघन गरेको कारणले उनीहरूलाई दिइएको संसद सचिवालयको कार्ड एक महिनाका लागि मात्र निलम्बन गरिएको हो ।