
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीले अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशद्वारा स्थगन हुन पुगेको एमसीसी कम्प्याक्टले नेपाली जनताको संघर्ष र आवाजमा सकारात्मक प्रभाव पारेको बताएको छ।आइतबार नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवद्वारा हस्ताक्षरित एक प्रेस बिज्ञप्ति जारी गर्दै यसका लागि नेपाल कम्युनिस्ट पार्टी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछ भनिएको छ।
बिज्ञप्तिमा एमसीसी कम्प्याक्ट हिन्दप्रशान्त रणनीतिको अंग हो । MCC कम्प्याक्ट मार्फत देश र जनताले अकल्पनीय क्षति व्यहोर्नुपर्ने आम नेपाली जनताको जबर्जस्त मत रहँदै आएको छ । यसर्थ MCC कम्प्याक्टलाई सधैंको लागि खारेज गरी नेपाल र अमेरिका बीचको कुटनीतिक सम्बन्धलाई प्रगाढ बनाउन र नेपालको विकासमा निःस्वार्थ योगदन गर्न नयाँ विकास परियोजना मार्फत सहयोग अगाडि बढाउन आग्रह गर्दछौं-” भनिएको छ।
” वैदेशिक विकास सहायतालाई तीन महिना (९० दिन) का लागि स्थगन गर्ने कार्यकारी आदेश सम्बन्धित निकायबाट जारी भएपछि विश्वभर एक किसिमको हलचल र तरंग पैदा भएको छ र नेपालमा पनि त्यसले जबर्जस्त प्रभाव परेको छ” -जारी बिज्ञप्तिमा उल्लेख छ।
त्यस्तै बिज्ञप्तिमा एमसीसी कम्प्याक्टको तयारी र त्यसको कार्यन्वयनको समयदेखि नै आम नेपाली जनताले MCC कम्प्याक्ट देशको राष्ट्रिय स्वाधीनता र राजनीनिक स्वतन्त्रताको विरुद्धमा हुने ठहर गर्दै सुरुकै दिनबाट अनवरत संघर्ष संचालन गर्दै आइरहेका छन् भनिएको छ।
यस्तो छ, बिज्ञप्तिको पूर्णपाठ: