
काठमाडौ । जनयुद्ध सुरु भएको ३० औं बर्ष प्रवेशको सन्दर्भमा आमसञ्चारमा एआईको प्रयोगबारे अभिमुखीकरण सम्पन्न भएको छ।जनपत्रकार संगठन नेपाल उपत्यका प्रदेश समितिले बिहिवार उक्त कार्यक्रम काठमाडौमा आयोजना गरेको हो।
कार्यक्रममा पत्रकार जीवन भण्डारीले एआई,आमसञ्चारमा यसको प्रयोग र ध्यान दिनुपर्ने कुराहरूबारे सैद्धान्तिक बिषयमा प्रशिक्षण दिएका थिए।
त्यस्तै खोजपत्रकारिता सम्बन्धि पत्रकार मोहन मैनालीले खोज पत्रकारिता के ,किन र कसरी भन्ने बिषयमा कुराकानी राखेका थिए।
कार्यक्रममा जनपत्रकार संगठन नेपालका अध्यक्ष शेरबहादुर विश्वकर्माले जनपक्षीय पत्रकारहरूले के लेख्ने, किन लेख्ने र कसका लागि लेख्ने भन्ने बारे बैचारिक रूपमा स्पस्ट हुनुपर्ने र पत्रकारहरु अध्ययनशील, र रचनात्मक हुनुपर्नेमा जोड दिएका थिए।
जनपत्रकार संगठन नेपालका उपत्यका संयोजक साहस भट्टको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिवालय सदस्य शोभराज बरालले गरेका थिए।