१५ माघ, काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ स्प्रिडका साथ समाजवादी मार्चामा एकताबद्ध हुन सबैमा अपिल गरेका छन ।
समाजवादी मोर्चा नेपालले मंगलवार काठमाडौमा आयोजना गरेको ‘राष्ट्रिय राजनीति र समाजवादी मोर्चाको कार्यभार’ विषयक विचार सभालाई सम्वोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ स्प्रिडका साथ समाजवादी मोर्चामा एकताबद्ध हुन सबैमा अपिल गरेका हुन ।
उनले समाजवादी मोर्चा केही समय सुस्ताएको जस्तो देखिए पनि यो भनेको पार्टीका आन्तरिक कामको व्यस्तता र राजनीतिमा आएको फेरबदलका कारण मोर्चाका गतिविधिहरुमा ढिलो हुन गएको स्वीकार गरे ।
पूर्व प्रधानमन्त्री समेत रहनु भएका प्रचण्डले समाजवादी मोर्चालाई सुदृढ गर्दै अग्रगामी राजनीतिक शक्तिको विकल्पको रुपमा अगाडि लिनु पर्ने बताए ।
उनले भने ‘हामी जागरुक हुनैपर्छ, संविधानमा भएका जनताका अधिकारहरु खोस्न लागिएको छ । राष्ट्रिय स्वाधीनता र सन्तुलित परराष्ट्रनीति छैन, अप्राकृतिक अलोकतान्त्रिक सरकार बनेको छ । यो प्रतिगमनको फेरी पनि खतरा छ । अब समाजवादी मोर्चा देशको राजनीतिक विकल्पको रुपमा अगाडि जानु पर्छ ।’
उनले प्रतिगामी यथास्थितिवादी शक्तिका विरुद्ध अग्रगामी निकास दिन विचार मिलेसम्म एउटै केन्द्र बनाउने र नभए हाललाई समाजवादी मोर्चाको माध्यमबाट जनतालाई विकल्प दिनु पर्ने बताए ।
‘रणनैतिक दृष्टिकोणमा एउटै केन्द्र बनाउनु पर्छ, विचार मिल्नेहरुको एकता र धुव्रीकरण ढिलो गरौ भन्ने पक्षमा पनि म छैन र हतार गरेर छिटो गरौ भन्नेमा पनि म छैन,तर धेरै ढिलो चाहि गर्नु हुदैन’उनले भने, ‘हामी एक हौं, देशको राजनीतिप्रति चिन्तितहरुलाई विकल्प दिउँ, त्यो भनेको समाजवादी मोर्चा हो । समाजवादी मोर्चाको विकल्पमा अघि बढन म अपिल गर्दछु ।’
ओली सरकारको चर्को आलोचना गर्नु भएका अध्यक्ष प्रचण्डले अध्यायदेश अलोकतान्त्रिक र स्वच्छाचारी ढंगले ल्याएर देशलाई नराम्रो दुर्घटनातिर लिन खोजेको जिकिर गरे । उनले अहिलेको संकटको निकास समाजवादी मोर्चा र नेपाली विशेषताको समाजवाद मात्र हुने ठोकुवा गरे ।
नयाँ स्प्रिडका साथ समाजवादी मोर्चामा एकताबद्ध हुन प्रचण्डको अपिल
वसन्त बि क२०८१ माघ १५
- चुनाव भनेको क्रान्तिको एक मोर्चा हो:- विप्लव सी
- कोहलपुर नगर बिकासमा कार्यरत सब इन्जिनियरलाई इन्जिनियर बनाउन कार्यविधि परिवर्तन गरी तयारी पुरा
- सुदूरपश्चिम विद्रोही जन्माउने प्रदेश हो :- विप्लव सी
- भरत सीको देउडा भिडियो सार्वजनिक ‘घुसतन्त्रले दुख पाइया छ,देशमा अव विप्लव चाइया छ’
- तीन बुँदे सहमति कार्यान्वयन गर्न हस्ताक्षर अभियान सञ्चालन हुने
- नेपाल-चीन सिमानामा ७ म्याग्निच्युडको भूकम्प,नेपालमा पनि ठुलो झटका
- अब देखि त्रिभुवन विश्वविद्यालयलेअंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र सोध्ने
- कसैको दया र मायाले उत्पीडित जातिको मुक्ति सम्भव छैन:- नेकपा प्रवक्ता प्रकाण्ड सी
- मोर्चाको सातौ बैठकमा रिपोर्टिङको काम सम्पन्न
- मालिक र दलालहरुको हतियार भयो ‘वर्तमान सरकार’ विप्लव सी